जाँते खानेपानीको साधारण सभा सम्पन्न

Letang Khabar शुक्रबार, मंसिर २८, २०७५

लेटाङ २८ मंसिर । जाँते खानेपानी तथा सरसफाई उपभोक्ता समुहको ८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधवार लेटाङ नगरप्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा संस्थाको वार्षिक प्रगती प्रतिवेदन तथा आर्थिक प्रतिवेदन माथि छलफल तथा निर्णय भएको थियो ।
सभालाई सम्वोधन गर्ने क्रममा लेटाङ नगरप्रमुख शंकर राईले स्वस्च्छ खानेपानी खुवाउनका लागि चुनौती रहेको वताउनुभयो । लेटाङको खानेपानीको मुहानहरु दिगो नभएको र पानीको अभावमा विभिन्न समस्या रहेको वताउदै खानेपानी जस्तो चिजमा खेलवाड गर्न नहुने वताउनुभयो ।
स्वस्च्छ खानेपानीका लागि सिंगो उपभोक्ताहरुको चासो र चिन्ता रहन आवश्यक भएको उहाँको भनाई थियो । उहाँले स्वस्च्छ खानेपानी उपभोग गर्न पाउनु मानिसको आवश्यकता रहेकाले समितिमा वस्नेहरुले खानेपानीको स्वस्छतामा ध्यान दिन आवश्यक रहेको वताउनुभयो । उहाँले एक्लै काम गर्न गाह्रो भएकाले सवै जनताको सकृयतामा खानेपानीको काम गर्न आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा नगरउप्रमुख कृष्णकुमारी निरौला , लेटाङ ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेल , डिभिजन खानेपानी कार्यलय झापाका ईन्जिनियर रुद्र घिमिरे , जाँते खानेपानी तथा सरसफाई समुहका पूर्व अध्यक्ष नन्दप्रसाद खतिवडा , सदावहार सावउसका अध्यक्ष सुजित वुढाथोकी , वशन्तहरियाली सावउसका अध्यक्ष सन्त राई लगायतको उपस्थिति रहेको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ