इटहरी । इटहरी स्थित होटल दियालोबाट यौनधन्दामा संलग्न १२ जनालार्इ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत पट्ना ४ बस्ने बर्ष २८ को रविकान्त निराला, कटियारका प्रभाकर कुमार साह,सुमनकुमार मण्डल, सुपौल कटैया दिपेशकुमार मेहता, कटियार ललनकुमार मण्डल, कुन्दन कुमार ठाकुर, बिजय केवड ,निरजकुमार मण्डल रहेका छन् । सप्तरी कन्चनरुपका योगेन्द्र मालाकार, इटहरी २ का रविन साहलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यसैगरी युवतीको व्यवस्था गर्ने समूहमध्येकी मोरङको केराबारी– १० की तीर्थमाया भुजेल र साथी बनी बोलाउने धरान– ८ की २२ वर्षीया सीमा मगरलाई समेत पक्राउ गरि मुद्धा दायर गरेको छ ।
होटल रविन साहले संचालन गदैं आएका छन् । सुराकीको आधारमा होटलमा छापा मारेर पक्राउ गरिएको इप्रका इटहरीका इन्सपेक्टर बुद्धि चौलागार्इले बताए । प्रहरीका अनुसार होटलमा युवतीलार्इ रातको ४–५ हजार दिएर भारतिय ग्राहक होटलवाला र केही दलालले खोजीदिने गरेका छन् । भारतीयहरूले धेरै पैसा दिने भएकोले एकै युवतीले एकै रातमा धेरैजनासँग यौन कार्य गरेको पाइएको प्रहरीले बताएको छ ।
source:aujarnews