कसको मर्यादाक्रम कस्तो ? (सूचीसहित)

Letang Khabar बुधबार, मंसिर २६, २०७५

सरकारले झण्डै एक वर्षअघि गत साल माघमा सार्वजनिक गरेको विभिन्न पदाधिकारीको मर्यादाक्रमप्रति अझै असन्तुष्टीहरू आइरहेका छन्।
यसरी असन्तुष्टी जनाउनेमा कर्मचारीका नेतादेखि गाउँपालिकाका उपाध्यक्षसम्म छन्। यो खबर आजको समाचारपत्र दैनिकमा गंगा बरालले लेखेका छन्।

२०७४ माघ २६ गते सार्वजनिक गरिएको उक्त मर्यादाक्रमको सङ्ख्या २७ रहेको छ। यसअनुसार राष्ट्रपतिको मर्यादाक्रम एक नम्बरमा हुन्छ भने २७ औँ नम्बरमा सहायक सेनानीलाई राखिएको छ।

कसको मर्यादाक्रम कहाँ ?

१. राष्ट्रपति

२.उपराष्ट्रपति

३.प्रधानमन्त्री

४.प्रधानन्यायाधीश

५. प्रतिनिधिसभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष

६. पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री

७.प्रदेश प्रमुख, संघीय सरकारको मन्त्री, प्रतिनिधिसभाको विपक्षी दलको नेता, राष्ट्रिय सभाको विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वप्रधानन्यायाधीश, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, प्रदेश सरकारका मुख्यमन्त्री, व्यवस्थापिका–संसद्का पूर्वसभामुख, संविधानसभाका पूर्वअध्यक्ष, प्रतिनिधिसभाका पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्ष, पूर्व उपप्रधानमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री।

८.राज्यमन्त्री र सहायकमन्त्री, पूर्वमन्त्री पनि यही सूचीमा रहेका छन् । १० औं नम्बरमा प्रदेशसभाका सभामुख र प्रदेशकै मन्त्रीको समान हैसियत छ । नेपाल सरकारको अधिकृत प्रदेश सरकार र स्थानीय तहमा खटिएको अवस्थामा निजको मर्यादाक्रम पनि नेपाल सरकारको अधिकृत सरह नै रहने छ।

गृह मन्त्रालयले २०७४ को माघ २६ गते राष्ट्रिय जीबनका विभिन्न क्षेत्रमा रहेका १३७ पदको मर्यादाक्रम राजपत्रमा प्रकाशित गरेको छ । जसअनुसार राज्यमन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका विभिन्न समितिका सभापति तथा अध्यक्ष, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, सहायकमन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्य, पूर्वमन्त्री।

९. संवैधानिक निकायका सदस्य तथा आयुक्त, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, संघीय संसद्का महासचिव, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, उच्च अदालतका मुख्य न्यायाधीश, नेपाल राष्ट्र बैंकका गभर्नर, प्रज्ञा प्रतिष्ठानका कुलपति, विश्वविद्यालयका उपकुलपति

१०. प्रदेशसभाका सभामुख, प्रदेश सरकारका मन्त्री, राष्ट्रिय योजना आयोगका सदस्य

११. नेपाल सरकारका सचिव, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सर्वोच्च अदालतका रजिष्ट्रार, नायब महान्यायाधिवक्ता, उपमहालेखापरीक्षक, प्रदेश सरकारका प्रमुख सचिव, प्रज्ञा प्रतिष्ठानका उपकुलपति, विश्वविद्यालयका प्राध्यापक, नेपालस्थित विदेशी राजदूत, सार्कका महासचिव, नेपाली राजदूत

१२. रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक ९राष्ट्रिय अनुसन्धान विभाग०, नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय संयोजक

१३. प्रदेश सभाका उपसभामुख, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सभाका विभिन्न समितिका सभापति, उच्च अदालतका न्यायाधीश, प्रदेश लोकसेवा आयोगका अध्यक्ष, मुख्य न्यायाधिवक्ता

१४. प्रदेश सरकारका सहायकमन्त्री, प्रदेश सभा सदस्य

१५. जिल्ला समन्वय समितिका प्रमुख, महानगरपालिकाका प्रमुख, पूर्वराज्यमन्त्री, पूर्वसहायकमन्त्री, संविधानसभा–व्यवस्थापिका संसद् प्रतिनिधिसभा–राष्ट्रिय सभाका पूर्वसदस्य

१६. उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक

१७. प्रदेश लोकसेवा आयोगका सदस्य, प्रदेश न्यायसेवा आयोगका सदस्य

१८. उपमहानगरपालिकाका प्रमुख, महानगरपालिकाका उपप्रमुख, नेपाल सरकारका सहसचिव, महानिर्देशक, उपमहानिर्देशक, राजपत्रांकित प्रथम श्रेणीका अधिकृत, प्रदेश सरकारका सचिव, जिल्ला न्यायाधीश, विश्वविद्यालयका सहप्राध्यापक

१९. सहायक रथी, प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक, प्रदेश सरकारका राजपत्रांकित प्रथम श्रेणीका अधिकृत, स्थानीय तहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृत

२०.नगरपालिकाका प्रमुख, उपमहानगरपालिकाका उपप्रमुख, नेपालस्थित विदेशी कन्सुलर जनरल, नेपालस्थित अन्य अन्तरसरकारी संस्थाका प्रमुख

२१. गाउँपालिकाका अध्यक्ष, नगरपालिकाका उपप्रमुख, महासेनानी, प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक

२२. नेपाल सरकारका उपसचिव, निर्देशक, नेपाल सरकारका राजपत्रांकित द्वितीय क्षेणीका अधिकृत, प्रमुख सेनानी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक, विश्वविद्यालयका उपप्राध्यापक

 

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ