प्रशान्त निरौला
लेटाङ ४ वैशाख । “सिप सिकौ आत्मनिर्भर वनौ ।” भन्ने नारा सहित पिछडा वर्ग महासंघ लेटाङले ५ दिने निःशुल्क सपिङ झोला निर्माण सम्वन्धी तालिम सम्पन्न गरेको छ ।
लेटाङ नगरपालिका ३ मा भएको तालिम २०७४ साल चैत २७ देखी सुरु भएको थियो । तालिममा २० महिलाहरुले झोला वनाउन सिकेका छन् । ७ रुपैयामा तयार हुने झोलाको वजार मुल्य १० रुपैया रहेको छ । पिछडा समुदायका १६ जना तथा अन्य समुदायका ४ जनाले तालिम लिएको महासंघका रामप्रसाद ठाकुरले जानकारी दिए ।
तालिममा प्रमुख अतिथीको मन्तव्य राख्दै लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले तालिम पछाडी व्यवहारमा उतार्न तालिममा सहभागिहरुलाई आग्रह गरे । प्लाष्टिकको विकल्पको रुपमा रहेका उक्त झोलाको वजार व्यवस्थापन गर्नका लागि नगरपालिकाले सहयोग गर्ने वताए । लेटाङ नगरपालिकालाई प्लाष्टिक मुक्त वनाउने नगरको अभियानमा यो तालिम लिए पछि उत्पादन भएका वातावरण अनुकुल झोलाले सहयोग पुर्याउने भएकाले नगरपालिका यो अभियानमा सकारात्मक रहेको वताए । तालिम लिएर आत्मनिर्भर वन्न लागेका सहभागीहरुलाई नगरप्रमुख राईले शुभकामना समेत दिए ।
झोला वनाउने तालिम लिइएको महिला दिदीवहिनीहरुको क्षमता अभिवृद्धीका लागि समेत तालिम दिने प्रमुख राईले वताए ।