लागूऔषध सहित भारतीय नागरिक पक्राउ

Letang Khabar सोमबार, मंसिर २४, २०७५

झापा, मंसिर २४ गते । झापाको गौरीगंज गाउँपालिका-२ भाकुरमारीबाट प्रहरीले अवैध लागूऔषध सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतवार राती ९ बजेको समयमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले भारत किसनगंज थाना लोहागाडा-३ बस्ने वर्ष ५३ को गणेश मण्डललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरीगंजले जनाएको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मण्डललाई शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषध Codeine phosphate and Chlorpheniramine maleate syrup-6 बोतल, Dextromethorphan hydromima and clorpheniramine maleate syrup eskup dx-२ बोतल र Dextromethorphan hydromima and clorpheniramine maleate syrup cocas dx-१ बोतल फेला पारी बरामद गरेको हो । बरामद लागूऔषध सहित मण्डललाई इलाका प्रहरी कार्यालय गौरीगंजमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ