मोरटसाईकलको ठक्करबाट महिलाको मृत्यु

Letang Khabar बुधबार, मंसिर १९, २०७५

पाँचथर, मंसिर १९ गते । पाँचथरको फिदिम नगरपालिका(३ लाकीखर्कमा मंगलवार मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

अपरान्ह सवा ४ बजेको समयमा मेची राजमार्ग अन्तर्गत बिर्तामोडबाट फिदिम तर्फ जाँदै गरेको बा ९५ प ९३१९ को मोटरसाईकलले सोही स्थान बस्ने पैदलयात्री वर्ष ४५ की विमला कुमारी राईलाई ठक्कर दिएको थियो ।

मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल पाँचथर हुँदै थप उपचारको लागि बिर्तामोड लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

त्यसैगरी मोटरसाईकलको पछाडी सवार सोही ठाउँ बस्ने वर्ष २८ को संगम योङाहाङ समेत घाइते भई पाथिभरा अस्पताल पाँचथरमा उपचार भईरहेको छ भने मोटरसाईकल चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ