बखतको शव चारकोसे जंगलमा सडेको भेटियो

Letang Khabar आइतबार, मंसिर १६, २०७५

धरान । गत भदौ महिनादेखि घरदेखि वेपता भएका धरान उपमहानगर वडा नम्बर ५ देवी गाँउ निवासी ५० वर्षिय वखत बहादुर रामदाम ( विश्वकर्मा) को शव सडेको अवस्थामा चारकोशे जंगलमा फेला परेको छ ।

इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार उनको शव धरान –१७ स्थित उदय सामुदायिक वनको परिसरमा फेला परेको हो । उनी गत भदौ १६ गते देखि घर परिवारबाट वेपात भएका थिए । प्रहरीका अनुसार शवको अवस्था धेरै पुरानो भएको छ । मृतकको शवलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ ।

मृत्युको कारण भने खुल्न नसकेकाले अनुसन्धान भैरहको प्रहरीले जनाएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ