वडा कार्यालय भवन शिलान्यास

Letang Khabar शुक्रबार, मंसिर १४, २०७५

चितवन, १४ मंसिर (रासस)। भरतपुर महानगरपालिका ं १३ न वडा कार्यालयको निर्माण गरिने भएको छ ।

महानगर प्रमुख रेनु दाहालले बिहीबार भवन शिलन्यास गर्दै आफूहरू योजनावद्ध र दिगो विकासका योजनासहित अगाडि बढिरहेको बताउनुभयो । महानगरको आन्तरिक स्रोत, र साधनका साथै शहरी विकास मन्त्रालय र अन्य सरकारी निकायसँगको समन्वयमा चक्रपथ निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । नेकपा अध्यक्ष तथा एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको विकासमा रचनात्मक सहयोग गर्नुभएको नगर प्रमुख दाहालको भनाइ थियो । कार्यालय भवन निर्माण गर्न स्थानीय प्रेमनाथ कोइराला र पद्मावती कोइरालाले प्रदान गर्नुभएको दुई कठ्ठा जग्गामा रू ७० लाखको लागतमा दुई हजार स्क्वायर फिटको पक्की भवन बन्ने भएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ