लेटाङ वाणिज्यको साधारण सभा सम्पन्न

Letang Khabar बिहिबार, मंसिर १३, २०७५

 

प्रशान्त निरौला
लेटाङ उद्योग वाणीज्य संघ लेटाङले आफ्नो २२ औ वार्षीक साधारण सभा आज सम्पन्न गरेको छ । संघको सभाहलमा आयोजना भएको कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राई प्रमुख अतिथी रहनुभएको थियो ।
संघले कार्यक्रममा आफ्ना वार्षिक गतिविधिहरुको प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदनमा गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रमहरु प्रस्तुत गरेको थियो । संघले गत वर्ष लेटाङ क्षेत्रभित्रमा विभिन्न व्यवसायिक तथा सामाजिक कार्यहरु गरेको उल्लेख गरेको थियो ।
कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी शंकर राईले व्यवसायीक कुशलता र अधिकारका लागिरहेकोमा खुसि व्यक्त गर्नुभयो । व्यापारीहरु नगरविकासका खम्वा भएकाले जिम्मेवार रुपमा साझेदारी गर्न आग्रह गर्नुभयो । समृद्ध नगरपालिका निर्माणमा व्यावसायीहरुको सवैभन्दा ठुलो भुमिका रहने हुनाले सोही वमोजिम लाग्न आग्रह गर्नुभयो । प्रमुख अतथी राईले लेटाङलाई व्यापारिक हव वनाउन लाग्न आवश्यक रहेको वताउनुभयो । आधिकारिक रुपमा लेटाङ भरीका व्यवसायहरुलाई दर्ता गर्न र प्यान भ्याटमा दर्ता गरेर राजश्व तिर्न सहज वातावरण वनाएको वताउनुभयो ।

कार्यक्रममा लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला , वडा नं. ३ का वडा अध्यक्ष देवराज चाम्लिङ , ४ का वडा अध्यक्ष सन्तोष कार्की , राजीतिक दलका प्रतिनीधि, समाजसेवी तथा व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ