लेटाङ १० मंसिर । मोरङको बेलबारी नगरपालिका १० भाउन्नेमा आईतवार बसको ठक्करबाट मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा दिउँसो ३ बजेको समयमा पश्चिम तर्फ आउँदै गरेको गरेको को १ ख ४०१४ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको को २१ प ७९५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा सोही मोटरसाईकलले अगाडि जाँदै गरेको मे ६ प ४९७५ नम्बरको मोटरसाईकललाई समेत ठक्कर दिएको थियो । दुर्घटनामा को २१ प ७९५ नम्बरको मोटरसाईकलका चालक उर्लाबारी नगरपालिका ४ बस्ने बर्ष(२५ को सुदन मादेन र मोटरसाईकलको पछाडी सवार मोरङ मिक्लाजुङ गाउँपालिका ५ बस्ने बर्ष २८ की गोपी राई गम्भीर घाइते भई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएकोमा थप उपचारको लागि मादेनलाई नोवेल अस्पताल र राईलाई बिराट नर्सिङ होम बिराटनगर पठाईएकोमा उपचारको क्रममा दुबैजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । त्यसैगरी मे ६ प ४९७५ नम्बरको मोटरसाईकल चालक पथरी शनिश्चरे नगरपालिका १ वस्ने वर्ष ४० को डिल्लीराम गौतमको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।