वारंगीमा तक्मे बुढाले माहौल तताउने

Letang Khabar बुधबार, मंसिर ०५, २०७५

लेटाङ ५ कार्तिक। मोरङको लेटाङ—७ स्थित वारंगी बाराजी धाम परिसरमा बर्षेनी आयोजना हुने पूर्णीमा मेलामा विविध साँस्कृतिक तथा खेलकुदका कार्यक्रमहरु हुने भएको छ । मंसिर ७ गते महिला पुरुषको नकाउट भलिवल र मंसिर ८ गते दोस्रो वारंगी साँगीतिक कार्यक्रम २०७५ हुने भएको हो । साँगीतिक कार्यक्रममा चर्चित हाँस्य कलाकार विल्सन बिक्रम राई तक्मेको आकर्षक प्रस्तुति रहनेछ । तक्मे बुढाले दर्शक दिर्घालाई पेट मिचि मिची हसाउने आयोजक वारंगी युवा समाजका कार्यक्रम संयोजक बिष्णु लिम्बूले बताए ।

उनका अनुसार कार्यक्रमा विभिन्न जातजातिको कलासंस्कृति प्रर्दशन झाँकी तथा नृत्य प्रस्तुत हुने भएको छ । स्थानीय कलाकारहरुले बेजोड प्रस्तुति दिनेछन् । कार्यक्रमको लागि गोर्खा बियरले प्रायोजन गरेको छ भने लेटाङ नगरपालिका,वडा खेलकुद विकास समितीले सहयोग पुर्याउनेछन् ।
बाराजी धामको दर्शन गर्दा मनोकाङ्छा पुरा हुने जनविश्वास रहेपनि विकास र प्रचार प्रसार नपाउँदा ओझेलमा परेको स्थानीय जानकार तथा सामाजिक अगुवा मौषम लिम्बू बताउछन् । मेलामा भब्य मानिसहरुको उपस्थिती रहने उनले बताए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ