आगलागीबाट लाखौको क्षति

Letang Khabar शुक्रबार, कार्तिक ३०, २०७५

भोजपुर । भोजपुर सदरमुकामको जिल्ला प्रहरी कार्यालय नजिकै एक घरमा आगलागी हुँदा कुल १४ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको धनमालको क्षति भएको छ ।
भोजपुर नगरपालिका ७ बस्ने गोविन्द सुन्दासको घरमा विद्युत सर्ट भई आगलागी हुँदा कुल १४ लाख ५० हजारको मूल्य बराबरको धनमालको क्षति भएको हो । घरको बीच तलामा विद्युतको तार सर्ट भई आगो लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चरित्र विक्रम कार्कीले बताए । आगलागीबाट एक लाख ५० हजार नगद क्षति भएको प्रहरी निरीक्षक कार्कीले बताए ।
त्यस्तै घरको पूर्ण निर्माण संरचना जल्दा १० लाख, घरभित्र रहेका सुनको औँठी, लत्ता कपडा र भाँडा वर्तन जल्दा तीन लाख गरी जम्मा १४ लाख ५० हजारको क्षति भएको प्रहरी निरीक्षक कार्कीले बताए। आगलागी शुरु भएको एक घण्टाभित्र स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी र दम्कलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ