धान काट्ने मेसिनको प्रदर्शनी

Letang Khabar शुक्रबार, कार्तिक ३०, २०७५

पथरी शनिश्चरे, ३० कार्तिक। मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका कृषकहरुलाई सुलभ रुपमा उन्नत खेती गर्न आधुनिक उपकरण भित्र्याउने क्रममा आज हसन्दह क्षेत्रमा धान काट्ने मेसिनको प्रयोग प्रदर्शन भएको छ ।
नगरपालिकाको कृषि शाखामार्फत यस आर्थिक वर्षमा नगरका २ वटा कृषक समूहलाई ५० प्रतिशत अनुदानमा पावर टिलर सहितको धान काट्ने मेसिन ९रिपर० प्रदान गर्ने क्रममा मेसिनले धान काटेर त्यसको परीक्षण गरिएको हो । नगर प्रमुख दिलिपकुमार राई सहितका जनप्रतिनिधिको उपस्थितीमा वडा नम्वर ५ र ६ को कार्यालय अगाडिको धान कटान प्रदर्शन भएको थियो ।
हसन्दह साना किसान र १ नम्वर वडाको उत्साही साना किसान सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा एक एक वटा धान काट्ने मेसिन प्रदान गर्ने नगरपालिकाले निर्णय गरेको कृषि शाखा प्रमुख सावित्रा कार्कीले जनाउनु भयो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ