नमुनाको साधारण सभा

Letang Khabar शुक्रबार, कार्तिक ३०, २०७५

प्रशान्त निरौला
लेटाङ ३० कार्तिक । नमुना सामुदायिक वन उपभोक्ता समुहको १८ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको आफ्नै भवनमा विहिवार सम्पन्न भएको साधारण सभामा संस्थाका वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको थियो ।
कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राई प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा वोल्दै लेटाङ नगरप्रमुख राईले नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक वनहरुले विकास र समाज रुपान्तरणमा उल्लेख्य भुुमिका खेलेको वताउनुभयो । समुदायले नै वनको रक्षा गर्ने र समुदायको विकासकै निमित्त सामुदायिक वनको आय लगानी हुने हुँदा वनहरुले समाज विकासका लागि उल्लेख्य काम गर्न सक्ने वताउनुभयो । सामुदायिक वनहरु पनि नगरपालिकाको एक महत्वपूर्ण हिस्सा भएकाले नगरपालिकाका योजनाहरुमा सहयोग गर्न सक्ने बताउनुभयो ।
कार्यक्रममा डिभिजन कार्यलय मोरङका प्रमुख , सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश १ सचिव अग्नी पौडेल लगायतको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सोही सामुादायिक वनका अध्यक्ष गोपाल चौलागाँईले समापन गर्नुभएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ