राष्ट्रपतिलार्इ साँघुरो भयो निवास

Letang Khabar सोमबार, कार्तिक २६, २०७५

काठमाडौँ । नेपाल प्रहरीको विरासतका रूपमा रहेको महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान ९एकेडेमी० लाई पूर्वतयारीबिना काभ्रेको पनौतीमा सार्ने सरकारी निर्णयप्रति अधिकांश वरिष्ठ पूर्वप्रहरी अधिकारीले आपत्ति जनाएका छन् ।

७० वर्षभन्दा लामो इतिहास बोकेको प्रशिक्षण स्थल हटाउने सरकारको निर्णयले प्रहरीको संगठनात्मक तालिमरप्रशिक्षणमा दीर्घकालीन असर पर्ने उनीहरूको चिन्ता छ ।

मन्त्रिपरिषद्ले गत भदौ २१ गते राष्ट्रपति भवन र निवास विस्तारका लागि भन्दै प्रहरी एकेडेमी सार्ने निर्णय लिएको थियो । एकेडेमीको क्षेत्रफल १९३ रोपनी छ । यसभित्र पेट्रोल पम्पदेखि कुकुर तालिम केन्द्रसम्म छन् । शीतल निवासले यसअघि प्रतिष्ठानको ४१ रोपनी जग्गा उपभोग गरिसकेको छ तैपनि साँघुरो भएको भन्दै विस्तार गर्न लागिएको खबर कान्तिपुर दैनिकमा छ ।

पूर्वआईजीपी ध्रुवबहादुर प्रधानले सरकारको यो निर्णय गलत रहेको बताए । ‘यसले प्रहरीको संगठनात्मक क्षमतालाई कमजोर पार्छ,’ उनले भने, ‘सहरको केन्द्रमा हुनुपर्ने सक्रिय संस्थालाई सहरबाहिर सार्ने र निष्क्रिय संस्थाले उक्त स्थान अधिग्रहण गर्ने सरकारको निर्णय ठीक भएन ।’

himalpost.com वाट साभार

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ