मोरङका ७ सय भन्दा बढी युवा व्यवसायीले कानुनमन्त्रीको हातबाट लिए कर्जाको ब्याज

Letang Khabar बिहिबार, कार्तिक ०८, २०७५

बिराटचोक ,८ कार्तिक २०७५, बिहीबार । बिराटचोक र मोरङको सुन्दररहैचा नगरपालिकामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको अन्तरक्रिया तथा ब्याज अनुदान वितरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तरगत युवा व्यवसायी स्वरोजगार कोष, जिल्ला संयोजन तथा अनुगमन समिति मोरङले आयोजना गरेको कार्यक्रम को ब्यपस्थापन सहकारी संस्था सम्मन्वय समिति सुन्दररहैचाले गरेको थियोे ।

नेपाल सरकार कानुन मन्त्री भानु भक्त ढकालको प्रमुख अतिथी रहेको कार्यक्रममा कार्यक्रमको सभाध्यक्ष युवा तथा साना व्यवसायी स्वरोजगार कोस का कार्यकारी प्रमुख डा। प्रेम दंगालको रहेको थियो भने विशिष्ट अतिथी मोरङ क्षेत्र नं ३ ख का प्रदेश सांसद राज कुमार ओझाको रहेको थियो । अतिथिमा मोरङ जिल्ला प्रहरी प्रमुख मनोज केसी लगायत विभिन्न सहकारी संघ सस्थाको रहेको थियो ।

कार्यक्रममा मोरङका ८ वटा सहकारी सस्थाका ७०० भन्दा बढी युवा व्यवसायीहरुलाई कर्जाको ब्याज वितरण गरिएको थियो ।

उहाले विदेशिने युवालाई नेपालमा नै स्वरोजगार बनाउने उद्देश्यले संचालन गरेको बताउदै मुलुक भरिका ७७ जिल्ला मध्ये मनाङ र मुस्ताङ बाहेका ७५ जिल्लामा स्वरोजगार कार्यक्रम संचालन गरिएको बताउनु भएको थियो ।

उहाले साना व्यवसायीहरुलाई अगाडि बिना धितो २ लाखसम्म कर्जा उपलब्ध गराएको र अब ५ लाख कर्जा उपलब्ध गराउने वयवस्था मिलाईने बताउनु भएको थियो । उहाले सहकारी संस्थालाई १ करोड अनुदान दिने कार्यक्रम रहेको बताउदै प्रधानमन्त्री कृषि आधुनिकिकरणको बारेमा समेत चर्चा गर्नुभएको थियोे ।

कार्यक्रमको प्रमुख अतिथी रहनु भएको नेपाल सरकार कानुन मन्त्री भानु भक्त ढकालले बेरोजगार युवालाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ७ लाख उपलब्ध गराउने कार्यक्रम सरकारले संचालन गरेको बताउनु भयो । उहांले बैदेशिक रोजगारलाई निरूत्साहित गर्न सबै लाग्नुपर्ने बताउदै कृषि लाई व्यवसायीक गर्ने लगायतका थुपै योजना समेतका बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा यस अघि कर्जा लिएर सफल व्यवसायी बनेका युवाहरुलाई व्याज अनुदान प्रमुख अतिथि भानुभक्त ढकालले वितरण गर्नुभएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ