सरकारी विद्यालयसँग बोर्डिङ ‘मर्ज’

हरि कोइराला आइतबार, बैशाख ०२, २०७५

हसन्दह २ वैशाख । । देशैभर सामूदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेको बेला मोरङको पथरीशनिश्चरे ६ केचनास्थित दुर्गा आधारभूत विद्यालय स्थानीय क्याम्ब्रिज वोर्डिङ ‘मर्ज’ भएको छ ।
विद्यालयले २०७४ देखि अंग्रेजी माध्यममा अध्यापन गराउन थालेपछि गत वर्ष नै वोर्डिङमा बिद्यार्थीको अभाव भएको थियो । वोर्डिङमा विद्यार्थी अभाव भएपछि वोर्डिङ सञ्चालक विशाल राईलाई समेत विद्यालयमा शिक्षक नियुक्त गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर बस्नेतले बताउनु भयो । अध्यक्ष बस्नेतका अनुसार ३ वर्ष अघि विद्यालयमा ३ जना मात्र विद्यार्थी थिए । बस्नेत भन्नुहुन्छ – विद्यालयको पूर्वाधार विकासका लागि चन्दादाताको सहयोग जुटिरहेको छ । गत वर्ष नै ९ लाख रुपियाँमा ३ कट्ठा जग्गा खरिद गरेर १६ लाख रुपियाँमा दुई तले पक्की भवन निर्माणाधीन अवस्थामा छ । उहाँले वोर्डिङमा जस्तै अंग्रेजी भाषाको अध्ययन गराउन थालेपछि अभिभावकहरू आकर्षित भएको बताउनु भयो ।
२०७४ मा २ जना ५० विद्यार्थीले अध्ययन गरेको विद्यालयमा यो आर्थिक वर्षमा ४ सय विद्यार्थी पुग्ने प्रधानाध्यापक कमल कटुवालले बताउनु भयो । कटुवालका अनुसार विद्यालयमा नर्सरी देखि कक्षा ८ सम्ममा १० वटा कक्षा अंग्रेजी माध्यमबाट सञ्चालित छन् । सरकारी दरबन्दी ३ वटा मात्र रहेकोले नीजि स्रोतबाट शिक्षकलाई तलव खुवाउनु पर्ने प्रधानाध्यापक कट्वालले बताउनु भयो । विद्यालयले नर्सरी र युकेजीलाई प्रति महिना १ सय र कक्षा १ लाई एक सय पचार रुपियाँ मासिक शुल्क निर्धारण गरेको छ । प्रत्येक कक्षा बढ्दै जाँदा मासिक शुल्कमा ५० रुपियाँ वृद्धि हुने ब्यवस्था रहेको छ ।

२०४५ सालमा स्थापना भएको विद्यालयको पूर्वाधार निर्माण दाताहरू कै भरमा रहेको ब्यवस्थापन समिति अध्यक्ष बस्नेत बताउनु हुन्छ । उहाँका अनुसार स्थानीय केचना समाज,सेतो गुराँस बाल विकास संस्थाले कम्प्युटर र साउण्ड सिस्टम सौजन्य गरिदिएका छन् ।डेक्सबेन्च सौजन्य देखि भवन निर्माण सम्म दाता कै भर छ ।
बस्नेत ब्यवस्थापन समितिको अध्यक्ष बन्नु भएपछि उहाँ कै अगुवाईमा विद्यालय सुधार तथा अंग्रेजी माध्यमबाट अध्यापन कार्यक्रम सुरु गरिएको स्थानीय राम सुब्बाले बताउनु भयो ।
हाल ८ जना शिक्षकलाई नीजि स्रोतबाट नै तलव ब्यावस्थापन गरिरहेको दुर्गा आधारभूत विद्यालयको लयलाई अरु सामूदायिक विद्यालयले पनि पछ्याउने हो भने विद्यालयको शैक्षिक स्तर सुधार हुने राजनीतिक अगुवा युवराज बासकोटा बताउनु हुन्छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ