”जलवायु परिवर्तन हुने कारण तथा न्युनिकरणका लागि हाम्रो भुमिका” विषयक प्रशिक्षण तथा अन्तक्रिया

Letang Khabar बिहिबार, आश्विन १८, २०७५

प्रशान्त निरौला
लेटाङ १८ अशोज । जलवायु परिवर्तन हुने कारण तथा न्युनिकरणका लागि हाम्रो भुमिका विषयक प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रम वुधवार सम्पन्न भएको छ ।

लेटाङ नगरपालिका ४ जनसेवा सामुदायिक वनको सभाहलामा भएको कार्यक्रममा लेटाङ ४ मा रहेका सामुदायिक वन तथा विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । लेटाङ नगरपाकिा ४ को आर्थिक सहयोगमा भएको कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले प्रमुख आतिथ्यता ग्रहण गर्नुभएको थियो । उहाँले आफ्नो मन्तव्य राख्दै सामुदायिक वनहरुले जलवायुका क्षेत्रमा थुप्रै कामहरु गरिरहेको र जलवायु परिवर्तनका क्षेत्रमा समेत उल्लेख्य योगदान दिएको प्रति धन्यवाद दिनुभयो । उहाँले पृथ्वीको तापक्रम वृद्धी हुदै गएको र ओजन तहको विनासले प्राणी जगतमा नै ठुलो क्षति पुग्ने भएकाले यसप्रति मानिसले ध्यान दिन जरुरी रहको वताउनुभयो । उहाँले ठुला ठुला कलकारखाना तथा औधोगिक राष्टहरुले वायुमन्डललाई नकारात्मक असर परिरहेको वताउनुभयो ।
कार्यक्रममा लेटाङ नगरपालिका ४ का अध्यक्ष सन्तोष कार्की , सामुदायिक वन महासंघका नगर अध्यक्ष आनन्दसागर तिम्सिना लगायतको उपस्थिती रहेको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ