लोकसेवाको तयारी कक्षा सुरु

Letang Khabar आइतबार, आश्विन ०७, २०७५

 

लेटाङ ७ असोज । लेटाङ नगरपालिका वडा नं ५ को आयोजनामा सोमबारबाट लोकसेवा तयारी कक्षा सञ्चालन हुने भएकोे छ । एक महिनासम्म चल्ने तयारी कक्षाको आज एक कार्यक्रमका बिच औपचारिक उद्घाटन गरिएको छ । लेटाङ नगरपालिका प्रमुख शंकर राईले तालिमको उद्घाटन गर्नुभएको हो । लेटाङ नगरपालिका वडा नं ५ का कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरुलाई लक्षित गरी उक्त तयारी कक्षा सञ्चालन रिएको वडा नं। ५ का वडा अध्यक्ष भूम सूर्य मगरले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथीको मन्तव्य राख्दै लेटाङ नगर प्रमुख शंकर राईले विद्यार्थीहरुलाई लक्षित गरी अझ उपयोगी कक्षाहरु सञ्चालन गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । लेटाङ नगरपालिकामा निजामति सेवामा काम गर्नेहरुको संख्या कम रहेको कु्रा उल्लेख गर्दै नगरप्रमुख राईले लोकसेवाका परिक्षाका माध्यमवाट देशको सेवामा लागेर लेटाङ लाई देशभर चिनाउन आग्रह गरे । समसामयिक अध्यय्नलेनै लोकसेवा उर्तिण्म हुन सकिने वताउदै उहाँले मिहेनत गरेर पढ्न अनुरोध गर्नुभयो । । कार्यक्रममा लेटाङ नगरपालिका ५ का जनप्रतिनिधिहरु, टोल विकास समितिका अध्यक्ष एवम् प्रतिनिधिहरु, तयारी कक्षा लिने विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ