रिवनको मिसेस नेपाल इन्टरनेश्नलका प्रतियोगीले देखाए ट्यालेन्ट

Letang Khabar बिहिबार, आश्विन ०४, २०७५

काठमाडौं– विवाहित महिला बीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल इन्टरनेशनल २०१८ का प्रतियोगीले आफुमा रहेको ट्यालेन्ट सो गरेका छन् । राजधानीको अर्याल होटलमा आयोजित ट्यालेन्ट सोमा उनीहरुले आ–आफ्नो प्रतिभा देखाएका हुन् ।

ट्यालेन्ट सोमा प्रतियोगीले अभिनय, नृत्य, गीत संगीत, चित्रकला, वक्तृत्वकला लगायतका कला प्रदर्शनी गरेका थिए । प्रतियोगिताको यो चौथो संस्करण हो । यो संस्करणमा आयोजकले मानव बेचबिखन बिरुद्धको अभियान समेत चालेको छ ।

ट्यालेन्ट शोमा रंगकर्मी विरेन्द्र हमाल, नृत्य निर्देशक गोविन्द राई, अभिनेत्री अरुणा कार्की र निर्देशक सुमन दाहाल निर्णायक रहेका थिए । विभिन्न पेसामा आबद्व तथा गृहिणीका रुपमा रहँदै आएका विवाहित महिलालाई समाजप्रति उत्तरदायी बनाउन, उनीहरुको प्रतिभा निखार्दै आत्मविश्वास र व्यक्तित्व विकासमा सघाउ पुर्याउने उदेश्य यो प्रतियोगिताको रहेको प्रतियोगीताका निर्देशक निर्देशक निशुकान्त झाले बताए ।

प्रतियोगिताका बिजेताले सिंगापुरमा आयोजना हुने मिसेस इन्टरनेशनल २०१८ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । साथै पुरस्कारको रुपमा स्कुटर र अन्य बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । प्रतियोगिताका प्रतियोगीहरु अहिले विज्ञहरुद्धारा व्यक्तित्व विकास, अन्तर्राष्ट्रिय मोडलिङ वर्कसप, ग्रुपिङ, क्याटवक,श्रृंगार, जुम्बा, हस्पिटालिटी मेनेजमेन्ट, फेसन, आर्टजस्ता विषयमा प्रशिक्षण लिइरहेका छन् ।

अश्विनी झाको कोरियाग्राफी र सञ्चालन रहने प्रतियोगतिाको संयोजक रेनु सेन्चुरी र सम्राट शाह रहेका छन् । प्रतियोगतिाको अन्तिम स्पर्धा आगामी ८ असोजमा राजधानीमा एक भब्य कार्यक्रमसहित आयोजना हुँदैछ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ