ICT कक्ष सूरु

Letang Khabar मंगलबार, आश्विन ०२, २०७५

लेटाङ २ अशोज । लेटाङ नगरपालिका ४ स्थित रहेको शिक्षा क्षेत्रमा लेटाङको एतिहासिक पृष्ठभुमि वोकेको शान्तिभगवती माविमा कम्प्युटर कक्षाका लागि १४ वटा कम्प्युटर थप गरिएको छ । सो विद्यालयमा गत वर्ष देखि अंग्रेजी माध्यमवाट पठनपाठन सूरु भए संगै शिक्षामा प्रविधी भित्रयाउने उदेश्यले कम्युटर कक्षा समेत सञ्चालन गरिएको सोही विद्यालयका अध्यक्ष देवराज चाम्लिङले जानकारी दिनुभयो । जिल्ला शिक्षा समन्वय कार्यलय ६ लाख ५० हजार र विद्यालयको १ लाख श्रपैयाको लागतमा उक्त कम्युटरहरु जडान गरि कम्युटर कक्षा सूरु गरिएको अध्यक्ष चाम्लिङले वताउनुभयो । ५ कक्षा देखि १० कक्षा सम्मको विद्यार्थीहरुलाई त्यति कम्युटरले मात्र अपुग हुने भएकाले अझै थपिदै जाने वताउनुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ