वाल दिवशमा वतृत्वकला

Letang Khabar आइतबार, भाद्र ३१, २०७५

लेटाङ ३१ भदौ । सुखी नेपाली समृद्ध नेपाल , बालअधिकार सबैको सरोकार भन्ने नारा सहित लेटाङ ८ मा रहको वडा वाल सञ्जालले राष्टिय वाल दिवशको अवशरमा वतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

लेटाङनगरपालिका ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा भएको वत्तृत्वकला कार्यक्रममा लेटाङ नगरपालि ८ र ९ का ५ वटा विद्यालयले सहभागिता गरेका थिए । वाल अधिकार र कर्तव्य विषयक वतृत्वकला प्रतियोगिताको टेन्डर वोर्डिङ स्कुलका विनम मगर प्रथम भए । प्रतियोगताको दोस्रो स्थानमा विलिभर्स वोर्डिङ स्कुलका निलु मगर भईन् । तृतिय स्थानमा प्यारागन स्कुलका भएका थिए ।  सान्त्वना पूरस्कार नोवेल एकेडेमीका एलिन थापामगर भएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी लेटाङ ८ का वडा अध्यक्ष भिम पोख्रेलले पूरस्कार वितरण गरेका थिए । कार्यक्रम समापन अघि प्रमुख प्रमुख अतिथीको मन्तव्य राख्दै वडा अध्यक्ष पोख्रेलले वालविकासका लागि वडाका तर्फवाट आफु सधै तयार रहेको र सवै सरोकारवालापक्षहरुलाई वाच्न पाउने अधिकार , संरक्षणको अधिकार , विकासको अधिकार , सहभागिताको अधिकारलाई ख्याल गर्दै अघि वढ्न आग्रह गरे । लेटाङ ८ नं. वडालाई वाल श्रममुक्त वडा वनाईएको उल्लेख गर्दै वालवालवालिकालाई कसैले श्रममा लगाउन नपाउने वताए । आजका वालवालिका भोली भविष्य भएकाले वालवालिकामा सवै सकारात्मक कुराहरु मात्र सिकाउन पर्ने वताए ।

वडा सदस्य नविन लिम्बु, शान्ता राई , वुद्धराम राईं , मुना सार्की लगायतको उपस्थिती रहेको कार्यक्रममा वडा वाल सञ्जालकी अध्यक्ष सिर्जना सेर्पाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ