बाल दिबसको उपलक्ष्यमा नाटक र निबन्ध प्रतियोगिता

Letang Khabar आइतबार, भाद्र ३१, २०७५

लेटाङ ३१ भदौ । राष्ट्रिय बाल दिबसको उपलक्ष्यमा शुक्रबार लेटाङमा अन्तर माध्यमिक बिद्यालय स्तरिय नाटक तथा निबन्ध लेखन प्रतियोगिताको आयोजना गरिएको छ । लक्ष्मी प्रकृति बाल क्लब लेटाङ २ को आयोजनामा ‘बाल बिबाह र दुब्र्यसन न्युनिकरण’ सम्बन्धी नाटक तथा ‘बाल बिबाहबाट हुने असर र बाल बिबाह न्यूनिकरणका उपाय’ बिषयक निबन्ध लेखन प्रतियोगिता गरिएको हो । लक्ष्मी माध्यमिक बिद्यालय अन्तर्गत रहेको बाल क्लबको आयोजनामा भएको प्रतियोगितामा नगर क्षेत्रका आधा दर्जन बढी बिद्यालयहरुले सहभागिता जनाएका थिए । प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै लेटाङ नगरपालिकाका मेयर शंकर राईले बालबालिकाको सर्बाङ्गीण बिकासको लागि अतिरिक्त क्रियाकलापहरुको आयोजना गर्नुपर्ने बताए । समाज रुपान्तरण र चेतना बृद्धिको लागि बालबालिकाहरुले उल्लेख्य भुमिका खेल्ने भएकोले उनीहरुलाई अतिरिक्त क्रियाकलापहरु गर्न प्रोत्साहित गर्नुपर्ने बताउदै नगर प्रमुख राईले बाल बिबाह र लागुपदार्थ दुव्र्यसन समाजका कुरीतिहरु भएकोले सबै मिलेर अन्त्य गर्नुपर्ने बताए । बाल बिबाह र लागुपदार्थको प्रयोगले शिक्षा आर्जन गर्नुपर्ने समयका बालबालिकाहरुको भबिश्य अन्धकार भएको बताउदै राईले बिद्यालय, अभिभावक, बाल क्लब र सामाजिक संघसंस्थाहरुले चेतना बृद्धिको लागि मिलेर काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै लेटाङ नगर उपप्रमुख कृष्ण कुमारी निरौलाले बाल बिबाह र लागुपदार्थ दुव्र्यसनको असर सबैभन्दा बढी किसोरी तथा महिलाहरुमा पर्ने भएकोले सधाको लागि अन्त्य गर्नुपर्ने बताईन् । लागु पदार्थ प्रयोग कर्ताहरुबाट हत्याहिंसा, चोरी, बलात्कारजस्ता जघन्य घटनाहरु भैरहेको तथा बाल बिबाहबाट महिला हिंसा, बहुबिबाह तथा गर्भावस्थामा मृत्यु हुने बताउदै दुबै अपराधहरुलाई अन्त्य गर्न सबै नगरबासीहरु मिलेर अघि बढ्नुपर्ने आबश्यकता रहेको बताईन् । वडा नम्बर २ का अध्यक्ष तेज प्रसाद तिम्सीनाले वडालाई बालबिबाह र लागुपदार्थ दुर्व्यसनमुक्त वडा बनाउन अभियान थालिएकोले सबैलाई सहयोग पुर्याउन आग्रह गरे । अधिकाशं सामाजिक घटनाहरु घट्नमा यिनै दुई कारणहरुको मुख्य भुमिका रहने भएकोले बालबिबाह र लागुपदार्थ दुर्व्यसनसम्बन्धी घटनाबारे तुरुन्त वडा कार्यालय वा प्रहरी कार्यालयमा जानकारी गराउनसमेत सबैलाई आग्रह गरे । ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक योगराज खतिवडाले बालबिबाह र लागुपदार्थ दुव्र्यसनका घटनामा कानुनी रुपमा जेल जानुपर्ने भएकोले सबैलाई सचेत र सजग हुन आग्रह गरे । केटाकेटीको बिबाह गर्ने उमेर २० बर्षभन्दा माथि मात्रै भएको तर समाजमा लुकीछिपि सो समयभन्दा कम उमेरमा पनि बिबाह हुने गरेको बताउदै प्रहरी निरिक्षक खतिवडाले भदौ १ गतेबाट कार्यान्वयनमा आएको मुलुकी देबयानी संमिताले त्यस्तो बिबाह स्वतः खारेज हुने तथा बिबाह गराउने कार्यमा संलग्नलाई ३ बर्षसम्मको जेल सजायको व्यबस्था भएकोले यस्तो घटना नगराउन सबैलाई आग्रह गरे । कार्यक्रममा लेटाङ लायन्स क्लबकी अध्यक्ष शान्ति लामाले बाल बिबाह र दुव्र्यसन समाज कै रोग भएकोले यसको अन्त्यको लागि बालबालिका तथा युवाहरु सक्रिय भएर लाग्नुपर्ने बताईन् । कार्यक्रममा स्थानिय संघसंस्था तथा समाजेबीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

नाटक प्रतियोगिताको प्रथम, द्धितिय र तृतिय स्थान क्रमशः जाँते माध्यमिक बिद्यालय लेटाङ ८, लक्ष्मी माध्यमिक बिद्यालय लेटाङ २ र महाभारत माध्यमिक बिद्यालय लेटाङ ६ भएका थिए । उत्कृष्ठ प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमशः ८ हजार, ६ हजार र ४ हजार प्रदान गरिएको थियो भने उत्कृष्ठ निर्देशनमा लक्ष्मी मा।बि।का बिबेक तिम्सीना र उत्कृष्ठ कलाकारमा साग्मा मा।बि।का समिक्षा राईलाई १÷१ हजारबाट पुरस्कृत गरियो । यसैगरी संस्थागत बिकास संजालसंगको साझेदारितामा हर्डन मोरङद्धारा व्यवस्थापन गरिएको ‘बाल बिबाहबाट हुने असर र बाल बिबाह न्यूनिकरणका उपाय’ बिषयक निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना क्रमशः शिक्षा बिकास माध्यमिक बिद्यालयकी छात्रा कुसुम ढुङ्गाना, साग्मा माबिकी सुप्रिया मगर, लक्ष्मी माबिका बिबेक मग्राती, र जाँते माबिका अजय राई भए । उत्कृष्ठ छात्र९छात्रालाई संस्थाको तर्फबाट नगद, प्रमाणपत्र, मेडल र स्टेसनरी सामाग्रीले पुरस्कृत गरिएको थियो । लेटाङ नगरपालिका, वडा कार्यालय लेटाङ २, संस्थागत बिकास संजाल, हर्डन मोरङ, फरेन नेपाल, स्थानिय क्रसर उद्योग तथा स्थानिय ब्यवसायीहरुको करिब १ लाखको बजेटमा सम्पन्न कार्यक्रम क्लबका उपाध्यक्ष अम्रित कार्कीको सभापतित्व, प्रधानाध्यापक राजेन्द्र खतिवडाको स्वागत मन्तव्य तथा क्लबका अध्यक्ष गौरब खतिवडा र ईसा शाहको संचालनमा सम्पन्न भएको हो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ