सभापति देउवाद्वारा राप्तीसोनारी गाउँपालिका कार्यालयको निरीक्षण

Letang Khabar बिहिबार, चैत्र २९, २०७४

नेपालगन्ज, २८ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज बाँकेको राप्तीसोनारी गाउँपालिका कार्यालयको निरीक्षण गर्नुभयो ।

नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री खुमबहादुर खड्काको १३ औं दिनको पुण्यतिथिमा सहभागी हुन दाङ जाने क्रममा उहाँ सो गाउँपालिका पुग्नुभएको हो ।

उहाँलाई राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनिकुमारी खत्री लगायतका जनप्रतिनिधिले स्वागत गर्नुभएको थियो ।

त्यस अवसरमा सभापति देउवाले राप्तीसोनारी गाउँपालिका भौतिक पूर्वाधार र प्राकृतिक स्रोत, साधनका हिसाबले सम्पन्न भएकाले नमूना गाउँपालिकाका रुपमा विकास गर्नुपर्ने सल्लाह दिनुभयो ।

उहाँले भन्नुभयो – “स्थानीय तह भनेकै सरकार हो । जनप्रतिनिधिले नागरिकलाई त्यसको अनुभूति गराउन सक्नुपर्छ ।”

सभापति देउवाको टोलीमा काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महत, किशोरसिंह राठौंर लगायतका हुनुहुन्छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ