विराटनगरको पाञ्चाली मोडमा आज सवारी दुर्घटनामा एक महिलाको घटना स्थलमा मृत्यु ,बाबुछोरी घाईते

Letang Khabar मंगलबार, भाद्र २६, २०७५

प्रेम देवान
विराटनगर २६ भदौ । विराटनगर ९ पाञ्चाली मोड स्थित बसपार्क दक्षिण कोशी राजमार्गमा आज विहान ११ बजेको समयमा सवारी दुर्घना हुँदा एक महिलाको मृत्यू भएको छ भने दुई जना घाईते भएका छन् ।
महेन्द्रचौक देखि जोगबनी तर्फ जादै गरेको ज्च् छछी ज्ञद्धज्ञढ नम्बरको भारतिय मालबहाक ट्रकले सोहि दिशा तर्फ जादै गरेको को ५ प ३२०० नम्बरको मो।सा।लाई ठक्कर दिएको थियो ।
मोटर साईकल चालक रंगेली ७ बस्ने वर्ष ३८ बर्षिय मनोज अग्रवालले चलाएको मोटरसाईकलमा पछाडी सवार उनीकी श्रीमती ३० बर्षिय आसु अग्रवालको घटना स्थलमा मै मृत्यू भएको छ ।
सोही मोटरसाईकलमा सवार उनीकी ७ बर्षिया छोरी अनिशा अग्रवाल र मोटरसाईकल चालक मनोज अग्रवाल घाईते भएको प्रहरीले जनाएको छ ।
घाईते दुवैको सप्तकोशी नर्सिङ अस्पतालमा उपचार भईरहेको छ भने मृतकको शव कोशी अञ्चल अस्पतालको शव गृहमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङ प्रहरी निरीक्षक शिव पोखरेलले जानकारी दिनुभयो ।
ठक्कर दिने ट्रक र चालक अलिगढ बस्ने ३० बर्षिय कमल सिंहलाई ईप्रका रानिको नियन्त्रणमा रहेको मोरङ प्रहरीले जनाएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ