अपाङ्गता भएका विद्यार्थीका लागि पहुँचयुक्त संरचना हस्तान्तरण

Letang Khabar मंगलबार, भाद्र २६, २०७५

काठमाडौँ, २५ भदौ (रासस) । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले गुह्येश्वरी मावि सिनामङ्गलको परिसरमा पहुँचयुक्त संरचना निर्माण गरी हस्तान्तरण गरेको छ ।

काठमाण्डौँ महानगरपालिका–९ स्थित गुह्येश्वरी मावि परिसरभित्र पहुँचयुक्तता प्रवद्र्धन गर्ने डिजाइनअनुरुप प्रवेशद्वार, चमेना गृह, पुस्तकालय एवम् कक्षाकोठामा जाने बाटो, खानेपानीको धाराजस्ता संरचनालाई अपाङ्गता भएका व्यक्तिलगायत सबैले सहजै आवागमन तथा प्रयोग गर्न सक्ने संरचना निर्माण गरी आज यहाँ आयोजित एक कार्यक्रममा विद्यालय परिवारलाई हस्तान्तरण गरिएको हो ।

यसैगरी परिसरभित्रै पहुँचयुक्त शौचालयको निर्माण तथा उपयुक्त स्थानमा छापा एवं ब्रेलमा समेत सङ्केत पाटीहरू राखिएको छ । शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्सालले सोही विद्यालयमा अध्ययनरत ह्विलचियर प्रयोगकर्ता विद्यार्थी अनिता खत्रीलाई ¥याम्पमा हिँडाएर कार्यक्रमको उद्घाटन गर्नुभयो ।

महासङ्घका अध्यक्ष सुदर्शन सुवेदी, काठमाडौँ महानगरपालिका शिक्षा विभागका प्रमुख डिल्ली लुइँटेल, सिबिएमका प्रतिनिधि कृष्णबहादुर सुनारलगायतले निर्माण गरिएका संरचनाका कारण विद्यालयले अन्य विद्यार्थीसँगै अपाङ्गता भएका विद्याथीलाई समेत समेट्नुपर्नेमा जोड दिनुभयो ।

महासङ्घले सिबिएमसँगको साझेदारीमा सञ्चालित समावेशीताका लागि पहुँचयुक्तता परियोजनाले सार्वजनिक संरचनाको पहुँचयुक्तता परीक्षण गरी सुधारका उपाय सुझाउने तथा पहुँचयुक्त पूर्वाधार निर्माण गरी पूर्वाधारजन्य अवरोध हटाउने काममा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ