नेविसंघमा ३२ वर्षे उमेरको हदबन्दी हटाउने निर्णय

Letang Khabar मंगलबार, भाद्र २६, २०७५

काठमान्डौ २५ भदौ ।  नेपाल विद्यार्थी संघले ३२ वर्षे उमेरको हदबन्दी हटाउने निर्णय गरेको छ । नेविसंघ केन्द्रिय समितिको भदौ २३, २४ र २५ गते तीन दिन चलेको बैठकले यस्तो निर्णय गरेको हो । यस निर्णय प्रति पार्टी सभापति शेरबहादुर देउवा मौन छन् । प्रकाशरण महत सहित केही नेता उमेर हद लगाउने पक्षमा छन् भने रामचन्द्र पौडेल लगायतका धेरै नेता हटाउनुपर्ने पक्षमा छन् ।

पार्टीले संघीय संरचना अनुसार विधान मस्यौदा तयार गर्न नेविसंघलाई निर्देशन दिएको थियो । तर नेविसंघले असन्तुष्ट सबैलाई एक ठाउँमा ल्याएर महाधिवेशन गर्नका लागि ३२ वर्षे उमेर हद हटाएको दाबी गरेको छ ।

‘महाधिवेश सुनिश्चित गर्नका लागि उमेर हद हटाएका हौ, अब यस बारेमा पर्टीसँग छलफल गर्छौ पार्टीको निर्देशन अनुसार अन्तिम टुंगो लाग्छ’ एक पदाधिकारीले भने । नेविसंघमा ३२ वर्ष उमेर पुगेका पदाधिकारी हटाउने पक्षमा छन् भने ३२ वर्ष नपुगेका पदाधिकारी नहटाउने पक्षमा छन् ।

वैठकले नेविसंघको १२औं महाधिवेशन यही कात्तिक १६, १७ र १८ गते सम्पन्न गर्ने निर्णय गरेको छ । प्रमुख निर्णयहरु यस प्रकार छन् स्

(अध्यक्ष सहित उपाध्यक्ष र महामन्त्रीहरुको ६ सदस्यीय समितिले केन्द्रिय समितिमा उठेका बिषयहरु समेटेर सबैसँग आवस्यक समन्वय गरि भाद्र २७ गतेभित्र संघको संशोधित बिधान, नियमावली २०७५ नेपाली कांग्रेस पार्टीलाई बुझाउने ।

(बिधान, नियमावली पार्टिबाट अनुमोदन भए लगत्तै क्याम्पस, जिल्लाहरुमा केन्द्रिय प्रतिनिधि खटाउने

निम्न बमोजिम अधिवेशन गरिने 
(असोज ७ देशैभरका मावी र क्याम्पस अधिवेशन ।)
(असोज १२ गाउँपालिका, उपर महारनगरपालिका अधिवेशन)
(असोज १५ मा प्रदेश क्षेत्र अधिवेशन)
(असोज २१ मा ७७ वटै जिल्लामा जिल्ला अधिवेशन)
(असोज २३ मा उपत्यकाभित्रका क्याम्पसमा अधिवेशन)
(कात्तिक १० र ११ मा ७ वटै प्रदेशको अधिवेशन ।)
( कात्तिक १६ गते महाधिवेशन उद्घाटन ।)

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ