बेगनास डुंगा दुर्घटनामा बेपत्ता सबै ६ जनाको शव भेटियो, मृतकको संख्या ८ पुग्यो

Letang Khabar आइतबार, भाद्र २४, २०७५

सागरराज तिमिल्सिना
पोखरा, भदौ २४ ।  बेगनास तालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको शव फेला परेको छ।

पोखरा ३१ बेगनास गाउँ जान १० जना सवार डुंगा बेगनास तालको लिब्दी टुडँमा शनिबार पल्टिदाँ २ महिलाको तत्कालै मृत्यु भएको थियो भने ६ जना हराइरहेका थिए।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुले आइतबार बिहानैदेखि खोजी गर्दा हराइरहेका सबै ६ जनाको शव फेला परेको कास्कीका प्रहरी प्रमुख ओम रानाले जानकारी दिए।

खोजीका लागि शसस्त्र प्रहरीको कुरिनटारबाट गोताखोर टोली पोखरा ल्याइएको थियो।

प्रहरीका अनुसार नवलपरासीका ५ वर्षिय प्राचीन पौडेल, ६ वर्षिय शंकर खनाल, ८ वर्षिय शिव खनाल, ३२ वर्षिय रवि खनाल, १७ वर्षिय मनिषा बजगाईँ र ४ वर्षिय रन्जित गैह्रेको शव आइतबार फेला परेको हो। यो सँगै मृत्यु हुनेको संख्या ८ पुगेको छ।

रवि खनाल नेपाली सेनाका प्यूठ हुन्। खनाल नेपाली सेनाको अमलेखगन्जस्थित जंगलवारफेयर स्कुलमा कार्यरत थिए।

दुर्घटनामा परी पोखरा महानगरपालिका २८ कि ५१ वर्षिया कृष्णकुमारी कडेँल ९बजगाई० र तनहुँ भीमादकी ४० वर्षिय जमुना कडेँल ९गैह्रे० को यसअघिनै मृत्यु भइसकेको थियो।

तालबाट २८ वर्षिय सपना खनाल र निशा पौडेलको उद्दार भएको थियो।

शनिबार दिउँसो बेगनास डुंगाघाटबाट आफ्ना बालबच्चासहित १० जनाको परिवार एउटै डुंगा लिएर बेगनासतालको सिरानतर्फ गएका थिए।

तीन महिना पहिले मात्रै बनाएको डुंगाबाट पानी चुहिएर डुंगा डुबेको सपना खनालले बताइन्।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ