ताप्लेजुङ क्षेत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउँछौँ ः नेता भट्टराई

Letang Khabar बिहिबार, चैत्र २९, २०७४

ताप्लेजुङ, २८ चैत ।  नेकपा (एमाले)का सचिव योगेश भट्टराईले ताप्लेजुङ क्षेत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

तिनजुरे÷गुफा÷पदयात्रा महोत्सवको आज चैनपुर नगरपालिका संखुवासभा जिल्लामा सम्बोधन गर्दै नेता भट्टराईले भन्नुभयो, “ताप्लेजुङ क्षेत्र र त्यसको आसपासमा रहेका जिल्ला तेह्रथुम र संखुवासभा क्षेत्रभित्र रहेका ३०० भन्दा बढी पोखरीको संरक्षण गर्ने पहिलो योजना छ ।”

सचिव भट्टराईले पाथिभरा क्षेत्रमा जाने पर्यटक तेह्रथुम र संखुवासभा नभई अन्य स्थानबाट जाने हुँदा ताप्लेजुङ जिल्लाको विकास हुन नसकेको बताउनुभयो ।

पदयात्रीलाई स्वागत गर्दै चैनपुर क्षेत्रका पर्यटन व्यवसायी हरि खनालले सर्वप्रथम माथिल्लो तहबाटै त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा घोषणा गर्न आग्रह गर्नुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ