विधुत सर्ट हुदाँ लाखौको क्षति, पूरै गाँउ प्रभावित

Letang Khabar आइतबार, भाद्र २४, २०७५

प्रशान्त निरौला
लेटाङ २४ भदौ । लेटाङ नगरपालिका २ मा विजुलीको हाईटेन्सन लाईनको तार चुटिएर ठुलो क्षति पूगेको छ । लेटाङ २ वुधवारे तुर्के सडकको १६ नम्बर भन्ने ठाँउमा विजुलीको तार चुटिएर विद्युत सर्ट हुदाँ ३५ घर भन्दा वढी घरमा मिटरवक्स जलेको छ भने युवाङ लिम्बुको घरमा आगलागि नै भई लाखौको धनमाल नस्ट भएको छ । त्यस्तै हरी भण्डारी र सनि श्रेष्ठको कम्युनिकेशनमा पनि आगलागि भएको छ भने १८० एम्पियरको व्याट्री पड्किएको छ । घट््ना भएको ठाँउमा मर्मतकार्य जारी भईरहेको र आज साँझ सम्ममा विद्युत आउने लेटाङ २ का वडा अध्यक्ष तेजप्रसाद तिम्सिनाले लेटाङ खबरलाई जानकारी दिए । अहिले नै के कति क्षति भयो भन्ने कुराको एकिन भई नसकेको र विद्य्ुत सञ्चालन भएपश्चात क्षतिको पूर्णविपरण पत्ता लाग्ने समेत अध्यक्ष तिम्सिनाले जानकारी दिए । उक्त घट्नामा मानविय क्षति भने नभएको अध्यक्ष तिम्सिनाले वताए । श्रीपाली चौकमा रहेको ट्रान्समिटरले क्षमताभार थाम्न नसकि पटक पटक विद्युत अवरुद्ध भई समस्या आईरहेकोले तत्काल वढी क्षमताको ट्रान्सफर्मर राख्न माग गरे ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ