उर्लाबारी क्याम्पसमा १२ मा पढ्ने कृष्ण पौडेलको लेटाङमा खोलाले बगाएर मृत्यु

Letang Khabar बिहिबार, भाद्र २१, २०७५

प्रशान्त निरौला
लेटाङ २० भदौ । लेटाङ ८ मा रहेको तेलिखोलाले बगाएर एक युवकको मृत्यु भएको छ ।

मंगलबार अपरान्ह लेटाङ ८ मा रहेको कुलुङ झरना हेर्न जाने क्रममा उर्लावारी(३ मंगलबारेका १९ वर्षीय कृष्ण पौडेललाई एक्कासी आएको बाढिले बगाएर मृत्यु भएको हो । ७ जनाको समुहमा झरना हिडेका उनिहरुलाई झरना पुग्नै लाग्दा बाढिले पौडेललाई बगाएको थियो । एक्कासी आएको बाढि बाट अन्य ६ जना भने बाच्न सफल भएका थिए ।

ईलाका प्रहरी कार्यलय लेटाङका प्रहरी निरिक्षक योगराज खतिवडाको नेतृत्वमा परिचालित प्रहरी टोलि र लेटाङ नगरपालिका वडा नम्बर ८ का अध्यक्ष भिम पोख्रेल , मिक्लाजुङ ५ का वडा अध्यक्ष रुद्र लिन्देन लगायतको टोलिले मृत अवस्थामा लेटाङ ८ मोटा गौडा देखि १०० मिटर उत्तर खोलाको बिचमा अवस्थित सिमलिको बुटामा भेट्टाएका थिए । पौडेल उर्लावारी बहुमुखी क्याम्पसमा कक्षा १२ अध्ययनरत थिए ।
घट्नाको छानबिन भइरहेको ईलाका प्रहरी कार्यलय लेटाङका प्रमुख योगराज खतिवडाले जानकारी दिए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ