लेटाङ नगरपालिका द्धारा मानव वेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवश मनाईयो
प्रशान्त निरौला
लेटाङ २० भदौ । “संघियताको महत्वपुर्ण सार, मानव वेचविखन अन्त्यका लागि जिम्मेवार र सहकार्य सहित गरौ खवरदार” भन्ने नारा सहित लेटाङ नगरपालिकामा आज १२ औ मानव वेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवश सफलतापूर्वक सम्पन्न भएको छ । लेटाङ नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा लेटाङ नगरापलिका भरीका विद्यालय , समाजिक संघ संस्था , राजनीतिक दल लगायत स्थानियको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लेटाङ नगरपालिका ३ का वडा अध्यक्ष देवराज चाम्लिले प्रमुख आतित्थ्यता ग्रहण गरेका थिए । प्रमुख अतिथीको मन्तव्य राख्दै राईले मानिसको वेचविखन विभिन्न कोणवाट भईरहेको र मानव वेचविखन जस्तो घृणित कार्य गर्ने गराउनेलाई कडा कारवाही हुनुपर्ने धारणा व्यक्त गरे । अपहरण तथा विभिन्न प्रलोभनमा परि मानव वेचविखनका घट्ना दिनप्रतिदिन सुन्न पर्दा आफुलाई दुख्ख लागेका वताउदै यस्तो निच घृणीत कार्य गर्ने गराउनेलाई नेपाल सरकारले कडा कानुन ल्याएकाले सवैले कानुनको पालना गर्न आग्रह समेत गरे ।
पैसा कमाउनलाई दिदिवहिनी तथा दाजुभाईलाई झुक्याएर वेच्ने कार्य जघन्य अपराध भएकाले यसलाई सवैले निरुत्साहित गर्नुपर्ने वताए । दिनानुदिन वलत्कार ,हत्या , हिंसाका घट्नाले नेपाली समाजमा अत्याधिकम रुपमा वढेको भन्दै यस्तो घृणित कार्यप्रति सरकारले समेत कडा कदम चाल्न अनुरोध गरे ।
अनेमसंघ लेटाङकी अध्यक्ष फुलमायाँ तामाङले महिलाहरुप्रति समाजका खराव मानिसहरु लागिरहेकाले महिलाहरु सचेत हुन जरुरी रहेको वताईन् । उनले सरकाले समेत अपराधमा संलग्नलाई कडा भएर प्रस्तुत हुन आग्रह गरिन ।
नपाल महिला संघ लेटाङकी सभापति ईन्दु चौधरीले महिलाको तुलनामा पूरुषहरु वेचविखनमा कम परेको भएता पनि पूरुषले समेत वेचिने दिने आएकाले यसप्रति सवैले सचेत हुन जरुरी रहेको वताईने । समाज अहिले अपराधिहरु वस्ने घर वनिरहकेकाले अपराधिक मानसिकता भएकाहरुलाई पहिचान गरि कारवाही गर्न अनुरोध गरिन ।
कार्यक्रममा लेटाङ नगरपालिकामा रहेका शान्तिभगवती , शिक्षाविकास , पूर्वाञ्चल अल्मामेटर होम, लेटाङ ग्रीनभ्याल्ली , ग्यालेक्सी एकेडेमी , मिनर्वा सेकेन्डेरी लगायतका विद्यार्थीहरु सहितको लेटाङका मानिसहरुको उपस्थितीमा लेटाङ वजार परिक्रमा गरिएको थियो । “संघियताको महत्वपुर्ण सार, मानव वेचविखन अन्त्यका लागि जिम्मेवार र सहकार्य सहित गरौ खवरदार”, “महिला विरुद्धको हिंसा अन्त्य गरौ”, “मानव वेचविखनका अन्त्य हाम्रो कर्तव्य र चहाना”, “ईम्प्रुभ वोमेन ईम्पावर द ह्युमन कम्युनिटी” लगायतका प्ले कार्ड वोकेर वजारको परिक्रममा गरेको थिए भने वर्तमान नेपालमा वलत्कार तथा अन्य अपराधिक क्रियाकला वढेकामा विरोध याली समेत गरेका थिए ।
कार्यक्रम लेटाङ नगरपालिकाका निमित्त प्रमुख प्रसाससकिय अधिकृत महेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।