डम्बर सिन्चिउरी
मिक्लाजुङ, १७ भदौ।मोरङको मिक्लाजुङ पाँच खोलिटार स्थित बरडाँडा सामुदायीक वन को छैठौं साधरण सभा अाज सम्पन्न भएको छ ।
उक्त सभा संसथाको अाफ्नै भवन नभएकोले स्थानिय अामा समुहको निर्माणाधिन सभाहलमा सम्पन्न भएको हो । सभा मा संस्थाका सचिवले गत अा.व. को अाय-व्यय सहितको प्रतिवदन प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा संस्थाको अध्यक्ष द्वारा संस्थाको गतिविधीलाई समेटेर तयार पारिएको प्रगति विवरण समेत प्रस्तुत गरिएको स्थानिय उपभोक्ता शंकर बजगाई ले वताए । उहाँका अनुसार सभाले गत अा.व.०७४/७५ को १करोड ३१लाख ९६ हजार ८सय ८१ रूपैया ५६ पैसा बराबरको अाय-व्य साथै अागामि अा.व.०७५/७६ को २९ लाख ८० हजार ४०० बराबरको अनुमानित अाय-व्यय खाका ध्वनि मत द्वारा अनुमोदन गरेको छ ।
यसैगरी सभाले वर्तमान कोषाध्यक्ष टेक बहादुर रूचालले पदबाट दिएको राजीनामा स्वीकृत गर्नुका साथै उक्त रिक्त भएको पदमा संस्थाका उपभोक्ता नरेन्द्र बजगाईलाई नियुक्ती गर्ने निर्णय समेत गरेको वताईएको छ । साथै सोही सभामा संस्थाकी सचिव दुर्गा श्रेष्ठ र अर्का एक सदस्यले अा-अाफ्नो पदबाट पेशगरेको राजिनामा पत्र भने सभाले ध्वनि मतबाटै अस्विकृत गरेको थियो । कोषाध्यक्षले पेश गरेको राजिनामा को बेहोरा मनाशिव रहेको तर अन्यले पेश गरेको भने मनासिव नदेखिएकोले स्वीकृत नभएको अध्यक्ष नारायण बजगाईले वताउनु भयो ।
सभा संस्थाका अध्यक्ष बजगाई को सभापतित्वमा सम्पन्न भएको थियो । छिमेकी सिंहदेवी गौमती सामुदायीक वनका अध्यक्ष बुद्दिमान श्रेष्ठ प्रमूख अतिथी रहेको सभालाई संस्थाकी सचिव दुर्गा श्रेष्ठ ले संचालन गरेकी थिईन ।