महिला जागरणको उद्घाटन् एवम् तीज विशेष कार्यक्रम सम्पन्न

Letang Khabar बिहिबार, भाद्र १४, २०७५

लेटाङ १४ भदौ । लेटाङ भरीका महिलाको हक हितमा काम गर्ने उदेश्यले स्थापना भएको महिला जागरण समूहको उद्घाटन उद्योग वाणिज्य संघको भवनमा बुधबार भव्य कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । संस्थाको उद्घाटन साथै हरितालिका तीज विशेषको अवसर पारेर संस्थाले कार्यक्रम सम्पन्न गरेको हो । लेटाङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, महिला समाजसेवी, वुद्धिजीवीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नाचगान गरी दर खानुका साथै विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान स्वरुप मायाको चिनोसमेत वितरण गरिएको संस्थाकी अध्यक्ष टिका लिम्बूले बताउनु भयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ