वलात्कार र हत्याका विरुद्ध नेविसंघ सडकमा

Letang Khabar सोमबार, भाद्र ११, २०७५

लेटाङ ११ भदौ । कन्चनपूरकी निर्मला पन्तको वलत्कार गरी हत्याको नेवि संघ लेटाङ क्याम्पसले आज विरोध गरेको छ । स्थानियवासी तथा विद्यार्थीको उपस्थितीमा वर्तमान केपी ओली सरकारले जनतालाई शान्तिसुरक्षा दिन चुकेको भन्दै विरोध गरिएको हो ।
निर्मला पन्तको हत्याको विरोध गर्दा सरकारले गोली हानी जनताको हत्या गरेको भन्दै न्यायिक आन्दोलन गर्दा गर्दै गोली लागेर मृत्यु भएका कन्चनपूरका १४ वर्षीय सनि खुनालाई समेत न्याय दिन विद्यार्थीहरुले माग गरेका छन् । नेपाली कांग्रेस मोरङकी जिल्ला सदस्य टिकामायाँ तामाङ ,नेवि संघ मोरङ जिल्ला सचिव विकास अधिकारी , नेविसंघ मोरङ क्षेत्र नं. १ का संयोजक प्रशान्त निरौला , नेपाल महिला संघ लेटाङकी सभापति ईन्दु चौधरी लगायतले सम्वोधन गरेका थिए ।
देशमा यतिका जघन्य अपराध हुदाँ पनि सरकार रमिते मात्र वनेको भन्दै नेपाली कांग्रेसकी जिल्ला सदस्य टिकामाया तामाङले केपी ओली सरकारको विरोध गनुभयो ।
सरकारले अपराधीलाई संरक्षण गरिरहेको भन्दै चेलिवेटी दिनप्रतिदिन असूरक्षित वन्दै गएको भन्दै सरकारलाई निर्मलाको हत्यारालाई चाडो पत्ता लगाउन नेवि संघ मोरङका सचिव विकास अधिकारीले माग गरे ।
प्रजातन्त्रमा सत्यलाई सत्य र असत्यलाई असत्य भन्ने अधिकार नागरिकलाई हुने भन्दै आन्दोलन गर्दैमा जनतालाई गोली हान्न नपाईने भन्दै विरोध सभालाई सम्वोधन गर्ने क्रममा नेविसंघका क्षेत्रिय संयोजक प्रशान्त निरौलाले वताउनुभयो । लेटाङ नगरपालिका ९ मा रहेको श्री माध्यमिक विद्यालयमा विद्यार्थी तथा शिक्षकहरुको ज्यान मार्ने उदेश्यले खानेपानी टंकीमा विष हालेको घट्ना सेलाउदै गएको र अनुसन्धान फितलो वन्दै गएको भन्दै दोषीलाई खोजेर कडा कारवाही गर्न प्रसासनलाई क्षेत्रिय संयोजक निरौलाले खवरदारी गर्नुभयो ।

वलात्कृत भएर मृत्यु भएकी निर्मला पन्त र सो को विरोध गर्दा गर्दै प्रहरीको गोली लागेर मृत्यु भएका शनि खुनाको आत्मशान्तिको कामना गर्दे उपस्थितहरुले कार्यक्रममा विपी चौकमा दिप प्रज्वलन गरेका थिए ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ