विराटनगर ११ भदौ । पूर्वकै ठुलो क्याम्पसको रुपमा रहेको महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघको नयाँ कार्य समिति चयन भएको छ । आज महेन्द्र मोरङ क्याम्पसका प्रजातन्त्रवादी विद्यार्थीहरुको एक भेलाले जस्वन्त पौडेललाई सभापतिमा चयन गरेको छ । नेपाल विद्यार्थी संघका केन्द्रीय प्रतिनिधी चन्द्रसुन्दर खेवाङको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा नेपाली कांग्रेस मोरङका जिल्ला सदस्य तथा विद्यार्थी विभाग प्रमुख राजु मास्के , नेविसंघ केन्द्रीय सदस्य आशिष कार्की , पूर्वाञ्चल विश्वविद्यालय नेविसंघ समन्वय समितीका सभापति सागर सम्सेर ठकुरी , नेविसंघ आमन्त्रीत केन्द्रीय सदस्य सुधिर यादव, मोरङ क्याम्पस नेवि संघ पुर्व सभापति दिनानाथ आचार्य , पूसेट क्याम्पस नेविसंघ सभापति दिपेन रौनियार , ईस्टन कलेजका नेविसंघ सभापति प्रशान्त वस्नेत लगायतको उपस्थिमा कार्यक्रम सम्पन्न भएको थियो ।