वडा अध्यक्षद्धारा स्वास्थ्य चौकी ईन्चार्ज माथी दुव्यवहार

Letang Khabar बुधबार, चैत्र २८, २०७४

 

कानेपोखरी २८ चैत ।नेपाली कांग्रेस कानेपोखरी गाउँपालिकाले कानेपोखरी–२ का वडाध्यक्ष सुशील बुढाथोकीले गत शनिवार राति वयरवन स्वास्थ्य चौकीका ईन्चार्ज कामेश्वर अधिकारीलाई गरेको दुब्र्यवहारको भत्र्सना गरेको छ ।
कानेपोखरी कांग्रेसका संयोजक योगेन्द्रप्रसाद अधिकारी र मोहन कटुवालले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गरेका हुन् । मध्य राति ५÷६ जनाको हुल ल्याएर ईन्चार्ज अधिकारीलाई वडाध्यक्ष बुढाथोकीले मादक पदार्थ सेवन गरेको भन्दै लछार पछार पारेर स्थानीय प्रहरी र पत्रकार हुँ भन्नेहरूका अगाडि हात हालेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा सधैं मादक पदार्थ पिएर क्वाटरमा सुत्ने गरेको र विरामीको उपचार नगर्ने गरेको भन्दै बुढाथोकीले मध्यरात मै इलाका प्रहरी कार्यालय पथरी पुर्याएर एक अहेवबाट मापसे परीक्षण गराएको उल्लेख छ । तर मापसे परीक्षण एमबीबीएस चिकित्सकबाट मात्र गर्नु पर्ने कांग्रेसको विज्ञप्तिमा लेखिएको छ । वयरवन बजारमा रहेको स्वास्थ्य चौकीमा वडाध्यक्ष बुढाथोकी एक गर्भवती महिलाको उपचारका लागि पुगेका थिए ।
कांग्रेसले पदको चरम दुरुपयोग गर्दै राजनीतिक पूर्वाग्रहका आधारमा ईन्चार्ज अधिकारी माथि भएको उदण्ड कार्यले विधिको शासन स्थापना गर्न नसक्ने बताएको छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ