प्रशान्त निरौला
लेटाङ ९ भदौ । लेटाङ नगरपालीका ८ जाँते बजारको करिब ५०० मिटर सडक कालोपत्रे गर्ने कार्य सप्पन्न भएपछी आजबाट औपचारिक उदघाटन गरिएको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले रिबन काटेर सडकको उद्घाटन गर्नुभयो ।
नगरपालिकाको ७५ लाख सहयोग र बाँकी उपभोक्ताहरुबाट रकम संकलन गरेर सडकलाई कालोपत्रे गरिएको थियो । १ करोड १ लाख २० हजार १ सय पन्चानब्बे रुपैयाँको आयब्यय प्रस्तुत गरेको कार्य समितिले ४ लाख ५२ हजार ८ सय चालीस रुपैया रकम अपुग भएको समितिका सचिव ओमप्रकाश लिम्बुले प्रस्तुत गरेको आर्थिक प्रतिबेदनमा उल्लेख छ ।
कार्यक्रममा प्रमुख अतिथिको मन्तब्य राख्दै नगरप्रमुख राईले बिकासको प्रमुख मापदण्ड सडक रहेकाले सडक संजालले छोएका ठाउँमा विकासका अन्या काम गर्न सहज हुने बताए । सडकको पहुँच पुगेका ठाउँमा बिकास गर्न सजिलो भएको भन्दै लेटाङ ८ अब केही बिकासको दौडमा अगाडि बढेको बताए ।
सडक कालोपत्रे गर्ने काम सजिलो नभएको बताउदै उपभोक्ता समितिले यत्रो ठूलो योजना सम्प्पन गरेकोमा समितिका अध्यक्ष कुबेर पौडेल लगायत समितिलाई धन्यवाद दिए ।
अर्को प्रसङ्गमा करको बिषयले ऐले समाजमा तरंग ल्याएको भन्दै जनता आतिने खालको कर लेटाङ नगरपालिकाले नलगाएको बताए । जनतालाई अप्ठ्यारो पर्ने गरि कर नलगाएको र तेस्तो कुनै बिषयमा अवैज्ञानिक खालको कर भए तत्काल सच्याउन आफू तयार रहेको प्रतिक्रिया दिए । समय अनुसारको करको दायरा लेटाङ नगरपालिकाले तयार पारेकोले जनतालाई ढुक्क हुन उनले अनुरोध गरे ।
कार्यक्रममा लेटाङ नगरपालिकाकि उपप्रमुख कृष्णकुमारी निरौला , वडा नम्बर २ का वडा अध्यक्ष तेजप्रसाद तिम्सिना , वडा नम्बर ४ का वडा अध्यक्ष सन्तोष कार्की , वडा नम्बर ६ का वडा अध्यक्ष जंगबिर तामाङ , वडा नम्बर ८ का वडा अध्यक्ष भिम पोख्रेल , वडा नम्बर ९ का वडा अध्यक्ष कृष्ण लुईटेल , नेपाली काङ्ग्रेस लेटाङका सभापति राजकुमार लामा , समाजसेवी नन्दप्रसाद खतिवडा , समाजसेवी ईन्द्र माबोहाङ लगायतको उपस्थिति रहेको थियो ।
प्रशान्त निरौलाद्वारा सन्चालित कार्यक्रमको समापन निर्माण समितिका अध्यक्ष कुबेर पौडेलले गर्नुभयो ।