यस्तो पो काइदा

Letang Khabar बिहिबार, भाद्र ०७, २०७५

 

श्रावण ३०, २०७५

अमेरिका, बेलायत तथा अष्ट्रेलिया जस्ता ठूला देशमा नेपाली चलचित्र प्रदर्शन गर्नु नौलो रहेन । ती देशका रमणीय शहरहरूमा नेपाली चलचित्र छायांकन हुनु पनि ठूलो कुरा भएन । यद्यपि ती देशमा हुने छायांकनमा नेपालबाट धेरै जना कलाकार तथा प्राविधिक सहभागी हुन समस्या सिर्जना हुँदै आएको छ ।
ती देशले भिसा नदिएकै कारण कतिपय चलचित्रले नेपालबाट कलाकार लगेर छायांकन गराउन सकेका छैनन् । यस्तो परिस्थितिलाई नजिकबाट नियालकेका पुराना चलचित्रकर्मी ईश्वर थापाले एउटा नयाँ जुक्ति निकालेका छन् । अमेरिकामै रहेका थापाले एउटा चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ निर्देशन गर्ने योजना बनाए, जसमा अमेरिकामै बसोबास गरिरहेका कलाकारलाई मात्र अभिनय गराउने निश्चित गरे ।

फलस्वरुप यतिबेला सम्पूर्ण छायांकन अमेरिकामै गरिएको उक्त चलचित्र प्रदर्शनका लागि तयार छ, जसमा बाबु बोगटी, नन्दिता केसी जस्ता नाम चलेका कलाकारका साथमा इशान ढकाल, प्रवेश उप्रेती, राजेश गुरुङ, क्रिस थापा, स्मृति पोखरेल, जांगु शेर्पा आदि कलाकारले अभिनय गरेका छन् । उनीहरू सबै अमेरिकामै बसोबास गरिरहेका कलाकार हुन् ।

source : kantipur saptahik

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ