जिल्ला सभापतिद्धारा निर्माणाधिन पूलको अनुगमन

Letang Khabar बिहिबार, भाद्र ०७, २०७५

उर्लावारी ७ भदौ । उर्लावारी ९ गाइघाटमा निर्माणाधिन पुलको आज नेपाली कांग्रेस मोरङका सभापति डिगवहादुर लिम्वु सहितको टोलीले अनुगमन तथा निरिक्षण गरेका छन् । पुलको लम्वाइ ४ सय मिटर र चौड़ाई ८ मिटरको सो पुल निर्माण पछी गौरीगंज र गाइघाट जोडदै झापाको चन्द्रगडी सम्म जोडिनेछ ।
निरिक्षणका क्रममा नेता लिम्बुले यस क्षेत्रको विकास निर्माणामा निरन्तर लाग्ने र यो गाइघाटको सडक निर्माणमा मन्त्रालयमा सम्पर्क राखेर यस क्षेत्रको विकास लाई समेट्न घचघच्याई रहने वताए ।
सेही पुल निर्माणकै मुखैमा निमार्णा्धिन रांधा कृष्ण मन्दिरको निर्माण सम्पन्न गर्न स्थानिय वाट साधन श्रोत जुटाउने क्रममा विरवल थापा वाट ढोका , सभापति डीग वहादुर लिम्वु वाट रंग रोगन, नेविसंघका केन्द्रीय सदस्य आशिषं कार्कीवाट गजुर र अन्य दाताहरुले विभिन्न सहयोग गर्ने प्रतिवध्दता जाहेर गरे ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ