प्रशान्त निरौला
लेटाङ ५ भदौ । लेटाङ ६ गुवावारीको मनोरम दृष्य संगै पर्यटनको उच्चतम सभ्भावना वोकेको लेटाङ नगरपालिकामा गुवावारीको आर्कषणका रुपमा रहेको भ्य् टावरले स्ुनमा सुगन्ध थपेको छ । लेटाङ ६ निवासी कृष्ण चेम्जोङको परिवार मिलेर क्रिमिया होटेल एण्ड भ्यु पोईन्ट सञ्चालनको तयारी गरे संगै सोही ठाउँ आर्कषकको केन्द्र वनेको हो । १९ रापनी जग्गामा सञ्चालनको तयारी गरेका चेम्जोङ परिवारले १ करोड ५० लाखको लागतमा यो व्यवसाय सुरु गरेको छ । सो टावर हाल सञ्चालनमा आएको सञ्चालकले जानकारी दिए ।