कर्णाली प्रदेशः आर्थिक कार्यविधि विधेयक पारित

Letang Khabar बिहिबार, चैत्र २२, २०७४

सुर्खेत, २१ चैत (रासस) ः कर्णाली प्रदेशसभाको आठौँ बैठकले आर्थिक कार्यविधि सर्वसम्मत पारित गरेको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले यही चैत १६ गते संसद्मा सो कार्यविधि विधेय पेश गर्नुभएको थियो । यसलाई सभामुख राजबहादुर शाहीेले छलफलका लागि राख्नुभएको थियो । उक्त विधेयकको दफावार छलफलपछि संसद् बैठकले पारित गरेको हो । विधेयक प्रदेश नियमावली, २०७४ को नियम १०९ को उपनियम १ बमोजिम छिटो पारित गरिएको छ । खासगरी प्रदेशमा बढ्दै गएको भ्रष्टाचार र कर्मचारीले गर्ने खर्च नियन्त्रण जोड दिन तथा आर्थिक मितव्ययितामा ध्यान दिन कार्यविधि ल्याइएको आर्थिक मामिलामन्त्री ज्वालाले जानकारी दिनुभयो ।

कार्यविधि पारित भएपछि अब सरकालाई बजेट ल्याउन बाटो खुला भएको छ । यसले तीन महिनाका लागि संघीय सरकारले उपलब्ध गराएको रु एक अर्ब दुई करोड पाँच लाख बजेटको विनियोजनका लागि सहज भएको मन्त्री ज्वालाको भनाइ छ ।

अपराधीलाई कारवाही गर्न माग
आजको बैठकमा सुर्खेतमा नेविसंघ समर्थक विद्यार्थीद्वारा भौतिक पूर्वाधारमन्त्री खड्कबहादुर खत्रीको गाडीमाथिको तोडफोड र बढ्दै गएको आपराधिक घटनाका विषय उठ्यो । मन्त्रीको गाडीमा तोडफोड हुँदा पनि प्रहरी प्रशासन मौन रहेको भन्दै उनीहरुले सभामुखमार्फत प्रदेश सरकारसँग आक्रोश पोखे ।

प्रदेशसभा सदस्य धर्मराज रेग्मीले आफूलाई ज्यानै जानेगरी घटना हुँदा पनि प्रदेश सरकार मौन भएर बसेको दोषारोपण गर्नुभयो । कर्णाली प्रदेशमा आपराधिक कार्य बढेको भन्दै सदस्यहरुले गलत गर्ने जो कोहीलाई कडा कारवाही गर्न आग्रह गर्नुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ