प्रशान्त निरौला
लेटाङ २७ साउन । बोन क्यान्सर पिडित १० बर्षिया मनिषा लिम्बुलाई लेटाङ ८ का वडा अध्यक्ष भिम पोख्रेल सहितको टोलिले ३० हजार २ सय रुपैया उपचारका लागि प्रदान गरेको छ । लेटाङ ८ कि मुना मगरले दुबईमा संकलन गरेको केही रकम सहित स्थानिय स्तरमा संकलन भएको उक्त रकम वडा अध्यक्ष पोख्रेल सहितको टोलिले पीडित लिम्बुको लेटाङ ९ बाह्रगोठे स्थित घरमा पुगेर रकम हस्तान्तरण गरिएको हो । लेटाङ ८ निवासी समाजसेवी प्रशान्त निरौलाले सहजीकरण गरेको कार्यक्रममा वडा अध्यक्ष भिम पोख्रेलले बिरामी मनिशालाई नअतालिन आग्रह गरे । पहिलो स्टेजको क्यान्सर धेरै हद सम्म निको भएकाले उपचारमा कुनै कसुर बाकी रहन नदिन सबै लागेको बताए । लेटाङ ८ ले हाल पहिलो चरणमा तेति रकम संकलन गर्न सकेको र अन्य सहयोग रकम पनि संकलनको काम भइरहेको रकम हस्तान्तरणका क्रममा जानकारी दिए ।
बिगत २ महिना अघि लेटाङ ९ बाह्रगोठेमा बसोबास गर्दै आएकी लिम्बुलाई क्यान्सर भएको पत्ता लागेपछि उपचारका लागि परिवारले सहयोगका लागि याचना गरेको थियो । लेटाङ खबर सहित विभिन्न संचार माध्यममा मनिशाको बारेमा खबर प्रकाशित भएपछी देश बिदेश बाट सहयोग प्राप्त हुन थालेको हो । आज मात्र लेटाङ ४ मा रहेको जनसेवा युवा क्लबले १ लाख १७ हजार , लेटाङ ९ वडा कार्यलयको संयोजनमा १ लाख१२ हजार रकम परिवारलाई हस्तान्तरण भएको थियो भने सहयोग रकम जुट्ने क्रमले निरन्तरता पाएको छ ।
मनिषाको हाल भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।