जनसेवा यूवा क्लवले संकलन गरेको रकम मेयर द्धारा परिवारलाई हस्तान्तरण

Letang Khabar शनिबार, साउन २६, २०७५

प्रशान्त निरौला
लेटाङ २६ साउन । वोनम्यारो क्यान्सर वाट पडित लेटाङ ९ वाह्रगोठेकी १० वर्षिय वालिका मनिषा लिम्बुको उपचारमा लेटाङ नगरपालिकाका मेयर शंकर राईले १ लाख १२ हजार २ सय पच्चिस र आफ्नो व्यक्तिगत ५ हजार रुपैया गरी १ लाख १७ हजार २ सय पच्चिस रुपैया सहयोग प्रदान गरेका छन् । जनसेवा यूवा क्लव लेटाङ ४ ले मनिषाको उपचारमा सहयोग गर्ने भनि केही दिन अघि देखी घरपसल तथा सडकमा अभियानका रुपमा रकम संकलन अभियान सूरु गरेको थियो । क्लवका सदस्यहरुले ठुलो परिश्रम गरि उक्त रकम संकलन गर्न सफल भएका थिए । सोही अभियान वाट संकलन भएको रकम मेयर राईले आज मनिषाको घरैमा पूगेर हस्ताण्तरण गरे ।
लेटाङ नगरपालिकाका प्रमुख राईले मनिषा लिम्बु र उनको परिवारलाई सान्तवना दिदै लेटाङमा यस्ता थुप्रै खाले जटिल रोगको समस्या भएका मानिसहरु रहेको र उपचारमा केही सहयोग पूगोस भनेर विरामी उपचारका लागि १० हजार रुपैया दिने गरेको वताए । मनिषाको समस्याका वारेमा आफुलाई पहिला नै जानकारी आएको र सोही वमोजिम विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई सहयोगका लागि आफुले पहल गरेको वताए । जनसेवा यूवा क्लवले समाजप्रति देखाएको उद्धार भावको मेयर राईले प्रसंसा गरे । मनिषाको उपचारमा विश्व भर रहेको नेपाली दाजुभाईले सहयोग समेत गरिहरकको र अझै रकम अभाव हुन नदिन सवैलाई सहयोगका लागि आवह्वान समेत गरे ।
लेटाङ नगरपालिका ४ का वडा अध्यक्ष सन्तोष कार्कीले मनिषाको साथमा सिंगो लेटाङ रहेकाले उनको उपचारमा सहयोग जुट्ने कुरामा आफु विश्वस्त रहको वताए । उनले जनसेवा यूवा क्लवले जस्तै अन्य संस्था तथा व्यक्तिलाई सहयोगका लागि अपिल समेत गरेका छन् ।
लेटाङ ४ मा केही महिना अघि मात्र जनसेवा यूवा क्लव सूरु भएको थियो । सूरुवाती चरणमै क्लवले यतिका काम गर्न सकेकोमा क्लवका अध्यक्ष दुर्गा गौतमले खुसी व्यक्त गरे । मनिषाको उपचारमा जनसेवा यूवा क्लव मार्फत सहयोग गर्ने राजारानी कन्ट्रक्सन १० हजार, ५ हजार सहयोग गर्ने सूसन ह्यान्सम पार्लर लगायत सवै सहयोगी दाताहरुलाई क्लवका अध्यक्ष दुर्गा गौतमले धन्यवाद समेत दिएका छन् ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ