प्रशान्त निरौला
लेटाङ २२ साउन । ईलाका प्रहरी कार्यलय लेटाङमा रहि अस्थायी प्रहरी चौकी जाँतेका ईन्चार्ज भएर २२ महिना काम गरेका प्रहरी सहायक निरिक्षक रवि राईलाई आज एक कार्यक्रम गरि लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले विदाई गरेका छन् । २२ महिनाको समयमा राईले शान्ति सुरक्षाको क्षेत्रमा अत्यन्तै राम्रो कार्य गरेको भन्दै मेयर राईले असई राईलाई धन्यवाद दिए । समाजमा शान्ति कायम गर्न प्रहरीको भुभिका अत्यन्तै ठुलो रहने र सो काममा असई राईले पुर्याएको योगदानलाई मेयर राईले मुक्तकण्ठले प्रसंसा गरे ।
वडा नं ३ का वडा अध्यक्ष देवराज राईले लेटाङले एक होनाहार प्रहरीलाई लेटाङ वाट विदाई गर्नुपरेको र चाडै वढुवा भएर पूनः लेटाङ आउनका लागि शुभकामना दिए ।
लेटाङ ४ का वडा अध्यक्ष सन्तोष कार्कीले राईको कामले जनतालाई हर्षीत वनाएको वताए । राई संग आफुले जनप्रतिनिधी नहुदा पनि काम गरेको र काम गर्ने शिलशिलामा न्यायको पक्षमा काम गरेको टिप्पणी गरे । राईले लेटाङमा जस्तै सरुवा भएर गएको ठाँउमा जनताको मन जित्ने काम गर्ने विश्वास गरे ।
२२ महिना अस्थायी प्रहरी चौकीमा प्रमुख भएर काम गर्दा कुनै विवादमा नआएका असई रार्ई हाल प्रदेश नं. १ को क्षेत्रिय प्रहरी कार्यलयमा सरुवा भएका छन् ।
विदाई कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत हरीप्रसाद चपाँगाई , लेटाङ ३ का वडा अध्यक्ष देवराज चाम्लिङ , लेटाङ ४ का वडा अध्यक्ष सन्तोष कार्की , लेटाङ ८ का वडा अध्यक्ष भिम पोख्रले तथा नगरपालिकाका कर्मचारीहरुले विदाई गरेका थिए ।
यसैगरी असई राईलाई ईलाका प्रहरी कार्यलय ,लेटाङले पनि कार्यलयमा एक कार्यक्रम गरी विदाई गरेको छ । ईलाका प्रहरी कार्यलय ,लेटाङका प्रमुख प्रहरी निरिक्षक योगराज खतिवडाले खादा तथा टिका लगाएर विदाई गरेका हुन् । लेटाङमा रहदा राईले प्रहरी सेवाको मर्यदालाई किन्चित पछि पार्न नदिएको भन्दै धन्यवाद दिए । असई राईलाई अवको नयाँ कार्यकाल अझै राम्रो होस भन्दै चाडैनै वढुवा होस भनि शुभकामना पनि दिए ।