महिला जनप्रतिनिधिका लागि आयोजित तालिम सम्पन

प्रशान्त निरौला मंगलबार, चैत्र २७, २०७४

लेटाङ २७ चैत । स्थानिय तहका जनप्रतिनिधिहरुका लागि ३ दिने भाषण कला तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।
लेटाङ नगरपालिकाका ९ वटै वडाका महिला जनप्रतिनिधिहरुलाई उक्त तालिम दिईएको आयोजक संस्थाका अध्यक्ष विकास अधिकारी जानकारी दिए ।

लेटाङ नगरपालिकाको सहयोग तथा परिबर्तनका लागि युवा युनेस्को केन्द्र लेटाङको आयोजनामा चैत २५ गते देखि २७ गते सम्म तालिमको आयोजना गरिएको हो

कार्यक्रमलाई लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले जनप्रतिनिधिहरुका लागि भाषण अत्यन्तै जरुरी रहेको बताईन । नेतृत्व लिने मान्छेले आफुले गरेका कलात्मक बोल्न सक्नु पर्ने उनले बताईन ।
, लेटाङ नगरपालिका ६ का अध्यक्ष जंगवीर तामाङ एउटा महिला शिक्षित हुनु भनेको परिवार नै शिक्षित हुनु भनेझै दिदीबहिनीहरुले तालिम लिनुभएकोले नगरपालिकाले नयाँ गति लिनेमा आफू बिस्वस्त रहेको बताए ।

लेटाङ नगरपालिका ३ का अध्यक्ष देवराज चाम्लिङले हिड्नु ठुलो कुरा नभई पुग्नु ठूलो कुरा भएकोले तालिम लिनु भन्दा ब्यबहारमा उतार्नु ठूलो कुरा रहेको धारणा राखे । क्षमता अभिबृद्दी गर्नका लागि आफ्नै उठ्न जरुरी रहेको अध्यक्ष राईले बताए ।

कार्यक्रममा बोल्दा के कुरामा ध्यान दिन जरुरी रहेको र कसरी बोल्ने बिषयमा ज्ञान हासिल गरेको सहभागी मध्येबाट धारणा राख्दै कार्यपालिका सदस्य मुना सार्किले आफ्नो धारणा राखेकी थिईन ।
अर्कि सहभागी सोभा खड्काले यस्ता खाले तालिमको आवश्यकता रहेको धारणा राखेकी थिईन ।
तालिमका प्रशिक्षक मन नेम्वाङले तालिम लिएपछी पाएका प्रमाणपत्रलाई सिरानी लगाउने काम मात्र भएकोए ब्यबहारमा तालिमलाई लान जरुरी रहेको बताए ।
कार्यक्रममा महिला जनप्रतिनिधिका साथै राजनीतिक दलका महिला बिभागका प्रतिनिधिहरुको समेत सहभागी गराईएको संस्थाका सचिब आनन्द पौडेलले बताए ।
संचारकर्मी मन नेम्वाङले तालिमको सहजिकरण गरेका थिए भने सहभागीहरुले तालिम लिए पश्चात् आफुहरु भित्र आत्मबिश्वाश बढेको र अब कार्यक्रममा भाषण गर्दा अपनाउनु पर्ने उपायहरुको ख्याल गर्ने प्रतिकृया दिएका थिए ।
कार्यक्रममा प्रसासकिय अधिकृत पुन्यप्रसाद पौडेल, लेटाङ जेसिसका अध्यक्ष मनिश मगर लगायतले आतिथ्यता राखेका थिए राखेका थिए भने आयोजक संस्थाकी कोषाध्यक्ष मधु लिम्बुले गरेकी थिईन । संस्थाला सचिब आनन्द पौडेलले कार्यक्रम सन्चालन गरेका थिए ।

 

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ