प्रशान्त निरौला
लेटाङ ८ साउन । लेटाङ नगरपालिका ८ स्थित जाँते वजारमा सडक कालोपत्रेको काम सकिएको छ । लेटाङ नगरपालिकाको ७५ लाख तथा स्थानिय वासीको सहभागिताका ५ सय मिटर वढी सडक कालोपत्रे वनेको हो । वर्षाको समयमा सडकलाई कालोपत्रे गर्नुपर्ने भएकाले धेरै चुनौतीहरुको सामना गर्नुपरेको उक्त कालोपत्रे निर्माण समितिका अध्यक्ष कुवेर पौडेलले जानकारी दिए ।
लेटाङ नगरपालिकामा सबै भन्दा लोकप्रिय मत ल्याएर बिजय भएका वडा अध्यक्ष भिम प्रसाद पोख्रेलको ठूलो प्रयास बाट जाँते बजारका सडकहरु कालोपत्रे बन्न सकेको स्थानिय लोकबहादुर लिम्बुले बताए । वडा अध्यक्ष पोख्रेलले अबको कार्यक्रममा जाँते बजार देखि लेटाङ बजार सम्म जाने सडक कालोपत्रे गर्न योजना अघि बढाउने बताए । जनताको खुसी नै आफ्नो खुसी भएकाले आफू गाउँ बिकासमा डटेर लागिरहेको बताए । नगरप्रमुख शंकर राई पनि बिकासका लागि सकारात्मक रहेकाले आफुले यो काम गर्न सकेको वडा अध्यक्ष पोख्रेलले बताए ।
कच्चि सडकमा लामो समय व्यथित गरिरहेका स्थानियवासीहरुले अहिले कालोपत्रे सडकमा हिड्न पाएर खुसी व्यक्त गरेका छन् । स्थानिय वजार व्यवस्थापन समितिका अध्यक्ष लोकविक्रम लिम्बुका अनुसार अव जाँते वजारले मुहार फेरेको प्रतिक्रीया दिए । जाँते वजारलाई कालोपत्रे गर्नका लागि यति ठुलो सहयोग प्राप्त भएकोमा नगरप्रमुख शंकर राईलाई लिम्बुले धन्यवाद समेत दिएका छन् । नगरप्रमुख विकासप्रेमी भएकै कारण आज जाँतेवासीहरु कालोपत्रे सडक संग जोडिन पाएको प्रतिक्रिया स्थानियले दिएका छन् ।