किँरातेश्वर शिवालय मन्दीरमा वोलवम सुरु

Letang Khabar सोमबार, साउन ०७, २०७५

प्रशान्त निरौला

लेटाङ ७ साउन । पवित्र तीर्थस्थल किराँतेश्वर शिवालय मन्दीर लेटाङ ८ मा सधैजस्तै यसवर्ष पनि साउने वोलवम मेला शुरु भएको छ । ६ नंम्बर वुधवार, मिक्लाजुङ पश्चिमको संगमस्थल तथा जाँते वजारको चुलिडाँडामा रहेको किरातेश्वर शिवालय मन्दीरमा वोलवम मेला भर्नका लागि मोरङ, धनकुटा झापा लगायतका ठाँउवाट दर्शनार्थीहरु आउने गर्दछन् ।
कतिपय भक्तजनहरु खाली खुट्टा स्नानका लागि आउने गर्दछन् । यस वर्ष साउनमा ४ वटा सोमवार पर्ने भएकोले प्रत्येक सोमवार भक्तजनहरुको अत्याधिक भीड हुने विश्वास लिएको छ । सोही विषयलाई मध्यनजर गर्दै सो क्षेत्रको सुरक्षा र दर्शन गर्ने व्यवस्था मिलाईएको मन्दीर व्यवस्थापन समितीका अध्यक्ष नन्दप्रसाद खतिवडाले जानकारी दिए ।
स्थानिय तेली खोलामा रहेको देविथान वाट शुद्ध जल ल्याई मन्दीरमा चढाउने चलन रहि आएको छ । यसवर्षको साउनमा ४ वटा सोमवार परेको र यस्तो वर्षलाई अत्याधिक फल वर्षका रुपमा भक्तजनहरुले लिने गरेका छन् ।

आज वाट विधिवत रुपमा मन्दीरमा जल चढाउने कार्य प्रारम्भ गरिएको हो । लेटाङ ८ को तेलिखोलामा रहेको देविथान वाट सुद्ध जल ल्याई ५ कन्याहरुका हात वाट शिवको मुर्तीमा जल चढाई पुजापाठ गरेर वोेलवमको पहिलो पुजा गर्ने दिनदेखी पूजा सूरुवात गरिएको छ । लेटाङ ८ का वडा अध्यक्ष भिम पोख्रेल , पत्रकार , स्थानिय वुद्धीजीवि , समाजसेवी , सुरक्षाकर्मी र स्थानिय वासीहरुको सहभागितामा वडा अध्यक्ष भिम पोख्रेलले मन्दीर द्धारमा रिवन काटेर कार्यक्रमको प्रारम्भ गरेको थिए ।
लेटाङ नगरपालीकाले आफ्नो नगरलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्दै लाने नीति लिएसंगै स्थानिय मन्दीर तथा पर्यटकीय स्थलहरुको वृद्धिविकासमा लागेको कार्यक्रमका अवशरमा वडा अधयक्ष पोख्रेलले वताए । उनले वडा भित्र रहेको सवै धार्मिक तथा पर्यटकीय स्थललाई पहिचार गर्दै सम्बर्धनका लागि अघि वढ्ने वताए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ