सरकार विरुद्ध मोरङ कांग्रेसले आन्दोलन गर्ने

Letang Khabar आइतबार, साउन ०६, २०७५

विराटनगर ५ साउन/ नेपाली काङ्ग्रेस मोरङले बाम सरकार अराजक बन्दै गएको ले सरकारविरुद्ध खरो रुपमा उत्रने बताएको छ ।
पार्टीको रणनीति तथा आगमी कार्यदिशाको विषयमा जिल्लाका सत्रवटै स्थानीय तहमा प्रशिक्षण चलाउनेदेखि लोकतान्त्रिक फोरमका नेता कार्यकर्तालाई समेट्न कार्यसम्पादन समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।
पार्टीको जिल्ला कार्यसमितिको शनिबार बसेको बैठकले स्थानीय तहबाट माग भई आएअनुसार प्रशिक्षणलाई अझ घनीभूत रुपमा सञ्चालन गर्ने तयारी गरेको हो । प्रमुख विपक्षीको रुपमा रहेको काङ्ग्रेस पार्टी संगठन सुदृढीकरणमा ध्यान दिन प्रशिक्षण चलाउनेदेखि सरकारको विरोधमा पार्टीले गर्ने सशक्त आन्दोलनमा मोरङको सहभागिता लगायत विषयमा निर्णय गरेको छ । पार्टी सचिव मोदराज घिमिरेले भन्नुभयो –‘सरकारविरुद्ध केन्द्रले तय गरेको साउन १५गतेको विरोध सभामा हाम्रो व्यापक सहभागिता हुँदैछ ।’
घिमिरेका अनुसार आइतबार विपी स्मृति दिवस बिहान ८ बजे पार्टी कार्यालयमा, क्षेत्र नम्बर १ को लेटाङमा १२ बजे, विपी सेवा केन्द्र डाइनियामा १ बजे बृहत उपस्थितिसाथ मनाइने निर्णय भएको बताउनु भयो । ‘पहिलो चरणमा सत्र तहमा प्रशिक्षणपछि माग भएकोले भदौ दोस्रोबाट प्रशिक्षण सुरु हुने भएको छ । क्रियाशील सदसयता वितरण गर्न विवरण अध्यावधिक भई आएका गाउँ एवं नगरमा सदस्यता वितरण गर्ने र अध्यावधिक हुन बाँकीको पनि गराउने तयारी भएको छ । केपी ओली नेतृत्व सरकारको निर्णयको विरोधमा साउन १५ देखि हुने विरोध सभामा वृहत उपस्थिति गराउन केन्द्रीय प्रतिनिधि अनुरोध गर्ने, भातृसंगठन, प्राध्यापक, वकिल, इन्जिनियर, चिकित्सकसँग समन्वय गर्ने पनि बैठकले निर्णय गरेको छ ।
यसैगरी पूर्व लोकतान्त्रिक फोरमका नेता, कार्यकर्ता र पदाधिकारीसमेत समावेश गरी कार्यसम्पादन समिति गठन गर्न सभापतिलाई अधिकार प्रत्यायोजन गर्ने काङ्ग्रेसले निर्णय गरेको छ । काठमाडौंमा भएको आनदोलनमा नेपाल तरुण दलका सभापति जीतजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाई, नेपाल प्रेस यूनियनका महासचिव अजयबाबु शिवाकोटी लगायत माथि भएको धरपडकको भत्र्सना समेत गरिएको छ । पार्टीका जिल्ला सभापति डिगबहादुर लिम्बूको सभापतित्वमा भएको बैठकमा केन्द्रीय सदस्य डा. डिला संग्रौलाको पनि सहभागिता रहेको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ