कानेपोखरी गाउँपालिकाको बजेट ४० करोड ९० लाख ८७ हजार

Letang Khabar मंगलबार, साउन ०१, २०७५

हरि कोइराला
कानेपोखरी १ साउन । मोरङको कानेपोखरी गाउँपालिकाले चाल् आर्थिक वर्ष २०७५/०७६ का लागि ४० करोड ९० लाख ८७ हजार रुपियाँको बजेट पारित गरेको छ ।
सोमबार रमाइलो स्थित रमाइलो साकोसको सभाहलमा भएको पत्रकार सम्मेलनमा गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले नीति तथा कार्यक्रम र बजेटका बारेमा जानकारी गराउनु भएको हो । गाउँपालिकाले आय तर्फ स्रोत वाँडफाडबाट ३५ लाख,हाट बट्टी करबाट ६ लाख,दस्तुर ३५ लाख,बहाल विटौरीबाट३० लाख रुपियाँ आम्दानी हुने अनुमान गरेको छ । यस्तै एकीकृत सम्पत्ति करबाट७० लाख ,ब्यावसाय करबाट ३० हजार ,घरनक्सा अभिलेखीकरणबाट १४ लाख१४ लाख ७७ हजार रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । यसैगरी सडक मर्मत सेवा शुल्क वापत ३ लाख , फोहोर ब्यावस्थापन शुल्क वापत १ लाख,राजश्व वाँडफाँडबाट ७ करोड २९ लाख ४३ हजार,नेपाल सरकारबाट अनुदान२३ करोड ५३ लाख,सामाजिक सुरक्षा ६ करोड ५० लाख,एलजीसीडीपी अनुदान ११ लाख,एनएलआर अनुदान ७ लाख, गत मौज्दात १ करोड ,अन्य अनुदान ५ लाख र प्रदेश सरकार अनुदान ३७ लाख ६७ हजार रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै खर्च तर्फ आर्थिक विकासमा १ करोड ४ लाख ३२हजार ,सामाजिक विकास १४ करोड १७ लाख,पूर्वाधार विकास १० करोड ६ लाख ७५ हजार ,वातावरण तथा विपद् ब्यावस्थापन १ करोड १४ लाख,संस्थागत विकास तथा सेवा प्रवाह २ करोड १४ लाख २० हजार ,वित्तीय ब्यवस्थापन सुधारमा ९ लाख,कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा १२ करोड ४९ लाख ४३ हजार र सामाजिक सुरक्षामा ६ करोड ५० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
चालु वर्ष पुँजीगत खर्च शतप्रतिशत पु¥याउँछौं –अध्यक्ष काफ्ले

अघिल्लो आर्थिक वर्षमा गाउँ पालिकाले चालु खर्चमा १९ करोड १७ लाख ६० हजार ७८४ रुपियाँ खर्च गरेको छ । उक्त रकम चालु खर्चमा विनियोजित रकमको ९३ दशमलब २६ प्रतिशत हो । यस्तै पूँजीगत खर्च पनि गाउँपालिकाले लक्ष्य अनुसार गर्न सकेको छैन् । १४ करोड १४ लाखलाख १० हजार ११३ रुपियाँ खर्च भएको छ । यो खर्च पूँजीगत खर्चमा विनियोजित बजेटको ८० दशमलव १६ प्रतिशत मात्र हो । गाउँ पालिका प्रमुख ताराबहादुर काफ्लेले भन्नुभयो –‘ निर्माणाधीन केही कामको भूक्तानी दिन बाँकी छ,यस्तै वडा नं.३ र ४ को जोगीकुटी पूलका लागि विनियोजित३० लाख रुपियाँको बजेट खर्च हुन सकेन, जनता आवास कार्यक्रमका लागि विनियोजित ४० लाख रुपियाँ पनि खर्च भएन, स्वास्थ्य चौकीका लागि ७ लाख र सडकका लागि विनियोजत १० लाख रुपियाँ खर्च हुन नसक्दा पूँजीगत खर्च ८० दशमलव १६ प्रतिशत मात्र खर्च भएको हो । नीति तथा कार्यक्रममा उल्लेख भएका कार्यक्रम सम्पन्न हुन नसक्नुका कारण भने उहाँले प्रष्ट्याउनु भएन । काफ्लेले चालु वर्ष विकास निर्माणका आयोजना समयमा नै पुरा गरेर पुँजीगत खर्च शतप्रतिशत पु¥याउने दाबी गर्नुभयो ।

भ्रष्टाचार नियन्त्रणका लागि जनप्रतिनिधिको रातो कलम पनि जिम्मेवार –सामाजिक विकास मन्त्री जीवन घिमिरे

यस अघि भएको बजेट सार्वजनिकीरण कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि जनप्रतिनिधिको रातो कलम पनि जिम्मेवार हुने बताउनु भयो । उहाँले भन्नुभयो–प्रदेश सरकार बा आमासँग छुट्टिएर एक्लै गरिखान थालेको छोरो जस्तो भएको छ । कानून, ऐन र निर्देशिकाको अभावमा प्रदेश सरकारले काम गरिरहेको बताउँदै उहाँले नयाँ प्रयासका कारण कामहरू सोचे अनुरुप नभएको उल्लेख गर्नुभयो ।उहाँले कानेपोखरीमा गाउँपालिका स्तरीय खेल मैदानको स्तरोन्तिका लागि प्रदेश सरकारले साझेदारीमा काम गर्ने घोषणा गर्नुभयो । यस्तै बयरबन स्वास्थ्य चौकीको स्तरोन्ति ,ज्येष्ठ नागरिकका लागि चौतारी निर्माण,विज्ञान प्रयोगशालाका लागि सहयोग,रमाइलो क्याम्पसमा इ–लाइव्रेरी निर्माण र सामूदायिक विद्यालयमा कम्प्युटर ल्यावका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सहयोग पु¥याउने बचन दिनुभयो ।

घर अभिलेखीकरणले नागरिकको ढाड सेक्यो –तीर्थ कार्की (ने.का.)

कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि तीर्थ कार्कीले नागरिकको ढाड सेक्ने गरी घरधुरी कर लिन थालिएको प्रति आपत्ति जनाउनु भयो । उहाँले पञ्चायत सरकारको जस्तै घरधुरी लिएपनि नाम मात्र फरक पारेर घर अभिलेखीकरणका नाममा कर लिनु उपयुक्त नभएको जिकीर गर्नुभयो । उहाँले नीति तथा कार्यक्रम राम्रो भए पनि कार्यान्वयमा शंका गर्नुभयो ।

करको दर बढाउन मात्र सिंहदरबार गाउँ गाउँ आयो – भोला अधिकारी (नेकपा)

नेकपा कानेपोखरीका अध्यक्ष भोलाप्रसाद अधिकारीले सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या आएको भन्दै चुनावको बेला दिएको प्रतिवद्धता पुरा गर्न जनप्रतिनिधिसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– करको दर बढाउन मात्र गाउँ–गाउँमा सिंहदरवार आएको अनुभूति भएको छ, यसलाई पुर्नर्विचार गर्नुपर्छ । सरकार सेवा सुविधा वितरण मुखी हुनु पर्नेमा जोड दिँदै अधिकारीले नीतिगत सुधारमा ध्यान पु¥याउन आग्रह गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष राजमति इङ्नामले स्वागत भाषण गनुर्् भएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ